close

नेपालीमा इम्बोस्ड नम्बर प्लेट राख्ने प्रक्रिया अघि बढिसकेको छः उपप्रधानमन्त्री श्रेष्ठ

टेकपाना टेकपाना

चैत १३, २०७९ १६:२३

नेपालीमा इम्बोस्ड नम्बर प्लेट राख्ने प्रक्रिया अघि बढिसकेको छः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । सरकारले नेपालीमा इम्बोस्ड नम्बर प्लेट राख्न प्रक्रिया अघि बढाएको छ ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधान एवं भौतिक पूवार्धार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले इम्बोस्ड प्लेटमा नेपाली भाषा लागू गर्न गृहकार्य भइरहेको जानकारी दिए ।

प्रधानमन्त्रीसमेतको परामर्श र निर्देशनमा इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्य योजना अगाडि बढाइएको उनले उल्लेख गरे ।

''नम्बर प्लेटमा कमसेकम कुन देश र कुन प्रदेशको हो भनेर नेपाली भाषा नै प्रयोग गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यसका लागि हामीले एजेन्टसँग प्रस्ताव गरिसकेका छौं । नेपालीमै इम्बाेस्ड नम्बर प्लेट राख्छाैँ, याे लागू हुन्छ,'' श्रेष्ठले भने ।

पछिल्लो अध्यावधिक: चैत १३, २०७९ १७:४६