close

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आजदेखि निःशुल्क टेलिमेडिसिन सेवा

टेकपाना टेकपाना

चैत १५, २०७९ १३:४४

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आजदेखि निःशुल्क टेलिमेडिसिन सेवा

काठमाडौं । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि निःशुल्क टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएको छ । बोर्डले आजदेखि विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूको कल्याणकारी कार्यअन्तर्गत यस्ताे सेवा सञ्चालनमा ल्याएको हो ।

यस सेवामार्फत विदेशमा रहेका नेपाली श्रमिकले आफ्नो स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि आवश्यकता अनुसार सल्लाह, सुझाव र परामर्श सेवा लिन सक्नेछन् ।

सेवा लिन चाहनेका लागि मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ उपलब्ध गराइएकाे छ । इच्छुकले भाइबर, ह्वाट्सएप वा इमोमा सम्पर्क गर्न सक्नेछन् ।

यी नम्बरमा सम्पर्क गरिसकेपछि आवश्यकता अनुसार हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा पाउन सकिने जनाइएकाे छ । साथै सेवा लिने श्रमिकको प्रेस्कृप्सन भने अनलाइनमार्फत उपलब्ध गराइनेछ ।

यो सेवाको सम्पूर्ण खर्च वैदेशिक रोजगार बोर्डले व्यहोर्नेछ ।   

 

पछिल्लो अध्यावधिक: चैत १५, २०७९ १४:३७