काठमाडौं । आजदेखि सुरु हुन गइरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरूलाई थप रोमाञ्चक बनाउन एनसेलले एनपीएल फ्यान प्याकहरू सार्वजनिक गरेको छ । ग्राहकहरूले यी प्याकमार्फत अनलिमिटेड युट्युब, डेटा र भ्वाइस सेवा सुविधाका पाउन सक्ने कम्पनीले जनाएको छ ।
एनसेलले रु. ३९९ देखि रु. १४९९ सम्मका सधैं अन प्याक, रु. ५० देखि रु. ९९९ सम्मका अनलिमिटेड डेटा प्याक र रु. १४९ तथा रु. ४९९ मा उपलब्ध अनलिमिटेड भ्वाइस प्याकहरू ल्याएको छ । यी प्याक खरिद गर्ने ग्राहकले युट्युबमा अनलिमिटेड पहुँचका साथ एनपीएलका खेलहरू कुनै पनि बेला सजिलै हेर्न सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकले यी प्याक खरिद गरेपछि ‘स्पिन द ह्वील’ गेममार्फत एनपीएलको टिकट, १ जीबी डेटा, क्यासब्याक र अन्य रोमाञ्चक उपहार जित्न सक्नेछन् । त्यस्तै एनसेल फाउन्डेसनले हरेक चौकामा ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने योजना पनि ल्याएको छ ।