close

काठमाडौंमा सहरी पारिस्थितिकीय अनुकूलन अनुसन्धानका लागि प्रस्ताव आह्वान

टेकपाना टेकपाना

बैशाख १९, २०८२ ७:३९

काठमाडौंमा सहरी पारिस्थितिकीय अनुकूलन अनुसन्धानका लागि प्रस्ताव आह्वान

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले सहरी क्षेत्रको पारिस्थितिकीय अनुकूलन अनुसन्धानका लागि प्रस्ताव आह्वान गरेको छ । शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै नास्टले इच्छुक नेपाली अनुसन्धानकर्ताहरूबाट अनुसन्धान अनुदानका लागि प्रस्ताव आह्वान गरेको हो ।

काठमाडौं उपत्यका विकास प्राधिकरणको सहकार्यमा 'Implementation of Urban EbA Research Activities' परियोजना अन्तर्गत यो अनुसन्धान हुन लागेको हो । स्नातकोत्तर र सोभन्दा माथिल्लो तहका शोधार्थी तथा प्राज्ञिक वा अनुसन्धान संस्थामा आबद्ध आउँदो ३१ वैशाखसम्म प्रस्ताव पेस गर्न सक्नेछन् ।

आवेदकहरूले आवेदन फारम, प्रस्तावको ढाँचा र अनुसन्धान अनुदान निर्देशिका (Research Grants Manual 2025) नास्टको आधिकारिक वेबसाइट, काठमाडौं उपत्यका विकास प्राधिकरणको वेबसाइट, र क्लाइमेट नेपालको वेबसाइटबाट डाउनलोड गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ ७:३९