close

फ्लाइट राडार २४ र प्लेन फाइन्डरले कसरी थाहा पाउँछन् आकाशमा उडिरहेका जहाज ?

टेकपाना टेकपाना

पुस १, २०८१ १२:४६

फ्लाइट राडार २४ र प्लेन फाइन्डरले कसरी थाहा पाउँछन् आकाशमा उडिरहेका जहाज ?

काठमाडौं । हामी बसेको स्थान माथि आकाशमा अनेकन् वस्तुहरू उडिरहेका हुन्छन् । धेरैजसोलाई के उडिरहेको छ भन्नेबारे जानकारी हुँदैन । तर त्यस्ता केही माध्यमहरू छन्, जहाँबाट तपाईँले आकाशमा के उडिरहेको छ भन्ने कुरा हेर्न सक्नुहुन्छ ।

फ्लाइड राडार २४, प्लेन फाइन्डर, फ्लाइट अवेर त्यस्ता माध्यम हुन्, जसको सहयोगमा रियल-टाइममा आकाशमा उडिरहेका विमानहरूबारे जानकारी लिन सकिन्छ । तिनमा हजारौं व्यावसायिक/निजी उडानहरू पर्छन् । 

कतिपय अवस्थामा ती एपहरूले विमानले जस्तै आफ्नो लोकेसनको सङ्केत दिने व्यावसायिक ड्रोनहरूलाई समेत देखाइरहेका हुन्छन् । तर नेपालमा भने यस प्रकारका ड्रोनको सङ्ख्या कम भएकाले नदेखिन सक्छ ।

यी एपहरू (वेबसाइट समेत) बाट उड्न गइरहेको विमान, उड्दै गएका विमान, तिनको उचाइ, गति र गन्तव्य जस्ता विवरणहरू हेर्न सकिन्छ । यससँगै विमानको एयरलाइन वा निजी विमानको दर्ता कोड पनि देख्न सकिन्छ।

यी एपले कसरी काम गर्छन्?

विमानहरूले ग्राउन्ड स्टेसन र अन्य विमानहरूमा प्रसारण गर्ने स्याटलाइट र अन्य डेटा स्रोत सङ्कलन गरेर यी एपहरूले काम गर्ने गर्छन् । अर्थात् अटोमेटिक डिपेन्डेन्ट सर्भिलेन्स बोडकास्ट (एडीएस-बी) मार्फत यी प्लेटफर्महरूले विमानको ट्रयाक गर्ने गर्छन् ।

तर क्यामेरा नै अन गरेर एपमा विमान पहिचान गर्न गाह्रो भएमा तपाईंले म्यापलाई जुम आउट गर्न सक्नुहुन्छ । अथवा वेबसाइटमार्फत हेर्न सक्नुहुन्छ ।

किनकि विमानहरू प्राय: मानव आँखाले देख्ने भन्दा धेरै टाढा हुन्छन् । यद्यपि यस प्लेटफर्ममा सबै विमानहरू देखिँदैनन् । सैन्य तथा हाई-प्रोफाइल विमानहरू यसमा ब्लक गरिएका हुन्छन् । 


विमान कसरी हेर्ने ? 

प्लाइट राडार २४ र प्लेन फाइन्डरमार्फत फोन क्यामेरालाई आकाशतर्फ तेर्स्याउँदा विमानहरूको विवरणबारे देख्न सकिन्छ । यदि तपाईंले गीत पहिचान गर्न शाजम एप चलाउनुहुन्छ भने यी एपहरूले ठीक यसरी नै काम गर्छन् । 

फ्लाइट राडार २४ का अनुसार यसमा दैनिक दुई लाख बढी विमानहरूको ट्र्याक गर्न सकिन्छ । विमान ट्रयाक गर्नु कतिपयका लागि रुचिकर विषय हुन सक्छ ।

यसको उदाहरण अगस्ट २०२२ मा तत्कालीन अमेरिकन सभामुख न्यान्सी पेलोसीलाई लिएर उडेको विमान एसपीएआर१९ लाई सात लाख बढीले फ्लाइट राडार २४ बाट लाइभ हेरेका थिए ।

समग्रमा आफ्नो परिवार, आफन्त, साथीभाइ विमान चढेर कतै जाँदा यो एप प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: पुस १, २०८१ १४:३५