काठमाडौँ । स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडबिच स्मार्ट पे र स्मार्ट क्यूआर सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।
हालै भएको सम्झौताअनुसार अब लुम्बिनी विकास बैंकका ग्राहक, एजेन्ट तथा प्रयोगकर्ताले स्मार्ट पेमार्फत स्वदेश तथा विदेशबाट पठाइएको रकम तुरुन्तै आफ्ना खातामा प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, बैंकमा खाता भएका व्यवसायी तथा व्यापारीहरूले स्मार्ट क्यूआर सेवा प्रयोग गरी विभिन्न मोबाइल बैंकिङ र मोबाइल वालेटमार्फत भुक्तानी लिन सक्ने बताइएको छ ।
सम्झौतामा एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र लुम्बिनी विकास बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्ताक्षर गरे ।