काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १२ गण बाराले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका झण्डै ३९ लाख १२ हजार रुपैयाँ बराबरका एप्पल एयरपड्स प्रो र मोबाइल टेम्पर ग्लासहरूका सामान बरामद गरेको छ ।
बाराको विश्रामपुर गाउँपालिका-३ स्थित डम्पिङ साइट नजिकबाट साइकलमार्फत चोरीपैठारी गरिँदै गरेको अवस्थामा ती सामग्रीहरू बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद सामग्रीमा एप्पल एयरपड्स प्रोका प्याकेटहरू र ‘One Minute’ ब्रान्डसहितका थुप्रै मोबाइल टेम्पर ग्लासहरू रहेका छन् । ती सामग्री लैजाने व्यक्तिहरू भने घटनास्थलबाट फरार भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सीमावर्ती क्षेत्रमा यस्ता चोरीपैठारीका घटना दोहोरिँदै आइरहेको र निगरानी अझ कडा बनाइने सशस्त्र प्रहरीले बताएको छ।