close

आफ्ना सबै फेसबुक पोस्ट गुगल डक्समा सार्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

मंसिर १९, २०७८ १६:५२

आफ्ना सबै फेसबुक पोस्ट गुगल डक्समा सार्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाठौं । तपाईंले आफ्नो फेसबुक अकाउन्टबाट गरेका पोस्टहरु गुगल डक्समा ट्रान्स्फर गर्न सक्नुहुन्छ । फेसबुकले आफ्नो नयाँ डेटा पोर्टेबिलिटी टुलको प्रयोग गरी प्रयोगकर्तामाँझ यो सुविधा दिइरहेको छ ।

सुरक्षाका लागि फेसबुक पाेस्ट ट्रान्सफर हुनुअघि फेसबुकले प्रयोगकर्तालाई आफ्नो पासवर्ड पुनः इन्ट्री गर्न अनुरोध गर्दछ र ट्रान्सफरको क्रममा डेटा इनक्रिप्टेड हुन्छ ।

फेसबुकबाट पोस्टहरु गुगल डक्समा ट्रान्स्फर गर्न सबैभन्दा पहिले फेसबुक अकाउन्टको सेटिङमा गएर ‘Your Facebook Information’ मा क्लिक गर्नुपर्ने हुन्छ ।

यसपछि ‘Transfer a Copy of Your Information’ मा गई View मा सेलेक्ट गर्नुहोस् । यसपछि तपाईंको फेसबुकको पासवर्ड माग्छ ।

यसपछि खुल्ने पेजमा स्टेप १ मा दिएका विभिन्न विकल्पमध्ये ‘Posts’ मा क्लिक गर्नुहाेस् । अब स्टेप २ मा ‘All Posts’ वा ‘Select date range’ मध्ये एक क्लिक गर्नुहाेस् ।

यसपछि स्टेप ३ (Choose Destination) मा गुगल डक्स वा ब्लगर वा वर्डप्रेसमध्ये एक डेस्टिनेसनमा क्लिक गर्नुहाेस् ।

यसपछि ‘Next’ बटन क्लिक गर्नुहाेस् । अब गुगल अकाउन्ट साइन इन गर्नुहाेस् ।

यसपछि खुल्ने पेजमा ‘Confirm Transfer’ मा क्लिक गर्नुहाेस् ।

केही समयपछि तपाईंकोकाे गुगल डक्समा फेसबुकका पाेस्टहरू ट्रान्सफर हुनेछन् ।

फेसबुककाे याे फिचर प्रयाेग गरी फाेटाे, भिडिओ, पाेस्टहरू अन्य प्लेटफर्ममा ट्रान्सफर समेत गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२