close

स्न्यापच्याटको स्न्याप धेरै पटक कसरी हेर्ने ?

टेकपाना टेकपाना

माघ १२, २०७८ ७:५८

स्न्यापच्याटको स्न्याप धेरै पटक कसरी हेर्ने ?

काठमाडाैं । स्न्यापच्याट एक लोकप्रिय सामाजिक सञ्जाल  हो।  यसमा कसैले आफ्ना साथीहरूलाई  फोटो र भिडिओ कैद गरी स्न्यापको रुपमा हरेक पल शेयर गर्न सक्छन् ।

स्न्याप एक भिडिओ वा इमेज हुन सक्छ । स्न्यापच्याट स्टोरीहरु २४ घण्टासम्म धेरै पटक हेर्न सकिन्छ । तर तपाईंले पठाउनुभएको स्न्याप तपाईंको साथीले एकपटक मात्र हेर्न सक्छ ।

तपाईंकाे त्यही स्न्याप धेरै पटक कसरी हेर्ने भन्ने बारे आज चर्चा गर्छौं । साथीले पठाएको स्न्याप ट्याप गरेपछि एकपटक मात्र हेर्न मिल्छ ।  त्यसपछि त्यो स्न्याप आफैं हराउँछ ।

तपाईंले स्न्याप अर्को एक पटक फेरि हेर्न चाहनुहुन्छ भने, च्याट खोलेर र होल्ड टु रिप्ले अर सेभ (Hold to replay or save ) गर्न सक्नुहुन्छ । 

यसका लागि :

-स्न्यापच्याट एप खोल्नुहोस् ।

-क्यामेरामा गएर फिल्टर राखेर वा नराखी कुनै स्न्याप लिनुहोस् ।  

-माथि रहेको क्लक (Clock) आइकनमा थिच्नुहोस् ।  

-त्यसपछि इन्फिनिटी आइकन सेट गर्नुहोस् ।  

 -यसलाई ‘इन्फिनिटी’ सेट गरेपछि स्न्यापलाई साथीहरूले चाहेजति जति समय हेर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२