close

कस्तो टिभी किन्ने ?

टेकपाना टेकपाना

माघ २०, २०७८ २२:२९

कस्तो टिभी किन्ने ?

काठमाडौं । नयाँ टेलिभिजन खरिद गर्ने विषयमा सोच्दै गर्दा बजारमा रहेका थुप्रै विकल्प मध्ये कुन लिने भन्ने कुराले दुबिधामा पर्नु भएको छ ? आज हामी तपाईँलाई टेलिभिजन खरिद गर्नुअघि विचार पुर्‍याउनैपर्ने विषयहरूमा चर्चा गर्दैछौँ ।

जसले गर्दा तपाईँलाई आफ्नो लागि उपयुक्त किसिमको टेलिभिजन छनौट गर्न सहज हुनेछ । यदि तपाईँ स्टोर वा अनलाइनमा नयाँ टिभी खोज्दै हुनुहुन्छ भने अनेक किसिमका प्रविधि, फिचर र फङ्सनले गर्दा दुबिधामा पर्न सक्नुहुन्छ ।

टिभी खरिद गर्दा एकदमै विचार पुर्‍याउनुपर्छ र तपाईँलाई लाग्छ कि त्यसमा गरेको लगानी खेर नजाओस् । यसका लागि तपाईँले तपाईँले आफ्नो लागि अर्थपूर्ण हुने फिचरहरूमा विचार पुर्‍याउनै पर्छ ।

यसमा तपाईँले एटके (8K) र फोरके (4K) रेजोलुसनबीचको भिन्नतादेखि स्मार्ट टिभीका आधारभूत फिचर, तपाईँ किन एचडीआर चाहनुहुन्छ र एलईडी तथा ओएलईडी बीचको भिन्नता के छ भन्ने जस्ता विषयमा जानकार हुनैपर्छ । आज यहाँ हामीले टेलिभिजन खरिद गर्दा विचार पुर्‍याउनुपर्ने एकदमै महत्त्वपूर्ण कुराहरूको विषयमा छोटकरीमा चर्चा गर्दैछौँ ।

टिभी खरिद गर्दा विचार पुर्‍याउनुपर्ने टिप्स

१. फोरके रेजोलुसनभन्दा मुनीको टिभी नकिन्नुहोस् । फुल एचडी अथवा १०८० पिक्सेल रेजोलुसन भएका सेट नहेरेकै राम्रो । तत्कालका लागि एटके टेलिभिजनलाई बेवास्ता गर्न पनि सक्नुहुन्छ । किन भने एटके टिभी निकै महङ्गा हुन्छन् र एटके मुभी तथा शोहरू अहिलेसम्म उपलब्ध भइसकेका छैनन् ।

२. करिब ६० हजार रुपैयाँजतिमा ५५ इन्चको राम्रो फोरके टिभी अपेक्षा राख्न सक्नुहुन्छ । यदि ६५ इन्चको टिभी हेर्दै हुनुहुन्छ भने एक लाख रुपैयाँजति खर्च गर्न तयार हुनुपर्छ । तर राम्रो पिक्चर, अपग्रेडेड स्पिकर र नेक्स्ट जेनेरेसन फिचरका लागि अझै महङ्गो पर्न सक्छ ।

३. ६० हर्जदेखि १२० हर्ज रिफ्रेश रेट भएको टिभी हेर्नुहोस् । जब रिफ्रेश रेटको कुरा आउँछ ६० हर्ज राम्रो कुरा हो । तर १२० हर्ज चाहिँ उत्कृष्ट हुन्छ । जति धेरै रिफ्रेश रेट हुन्छ, त्यसमा तपाईँले मुभी देखि शो अनि लाइभ स्पोर्ट्स र गेमिङ हेर्दा थप स्मुथ मोसनको अनुभव गर्न सक्नुहुन्छ ।

४. एचडीआर कम्प्याटिबल सेट हेर्नुहोस् । यसले तपाईँलाई अझ धेरै वास्तविक कलर र उत्कृष्ट कन्ट्रास्ट दिने गर्छ । अझ सम्भव छ भने त एचडीआर १० प्लस अथवा डल्बी भिजन जस्ता थप आधुनिक फर्म्याट सपोर्ट रहेको कुरा पनि हेर्नुहोस् । कुनै कुनै त यो दुवै फर्म्याटको सपोर्ट किसिमका समेत हुन्छन् ।

५. ओएलईडी टेलिभिजन एलसीडी सेटभन्दा निकै राम्रा हुन्छन् । सामसङ, टीसीएल जस्ता ब्रान्डमा केही सस्तो मूल्यमा क्यूएलईडी टिभी पनि पाउन सक्नुहुन्छ ।

६. टेलिभिजनमा पछिल्लो एचडीएमआई सपोर्ट रहेको कुरामा ध्यान दिनुहोस् । सकेसम्म एचडीएमआई २.१ भन्दा नयाँ फर्म्याट हेर्नुहोस् ।

७. साउन्डबार खरिद गर्ने योजना बनाउनुहोस् । किन भने स्क्रिन पातोलो हुँदै जाँदा अहिलेका टेलिभिजनहरूको स्पिकर बिग्रिँदै गएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५