काठमाडौं । ट्वीटरका सहसंस्थापक तथा ब्लक हेड ज्याक डोर्सीले एलन मस्कलाई कम्पनीको नयाँ मालिकको रुपमा स्पष्ट रुपमा आफ्नो समर्थन व्यक्त गरेका छन् । ट्वीटर र मस्कबीचको ४४ अर्ब डलरको डिल पश्चात आफ्नो पहिलो सार्वजनिक अभिव्यक्तिको रुपमा डोर्सीले भनेका छन्, ‘मलाई विश्वास छ, एलन एक्लो समाधान हुन् ।’
डोर्सीले लेखेका छन्, ‘मस्क र वर्तमान सीईओ पराग अग्रवाल कम्पनीलाई असम्भव अवस्थाबाट बाहिर निकालिरहेका थिए’ र ‘र कम्पनी सही दिशामा’ थियो । ट्वीटरको संरचना कस्तो बन्यो भन्ने विषयमा डोर्सीले आफूमा पश्चाताप रहेको सङ्केत समेत गरेका छन् ।
I love Twitter. Twitter is the closest thing we have to a global consciousness.
‘त्यो सोच र सेवा सबै कुरा मेरो लागि अर्थपूर्ण छ, त्यो दुवै कुरा जोगाउनका लागि जे गर्नु परेपनि म तयार छु,’ उनले लेखेका छन् । ‘ट्वीटर कम्पनी मेरा लागि सधैँ एक मात्र मुद्दा र ठूलो पश्चातापको विषय बनेको छ । त्यसमा वालस्ट्रिटको स्वामित्वमा रहनु र विज्ञापनको मोडल प्रमुख विषय हो । वाल स्ट्रिटबाट फिर्ता ल्याउनु पहिलो सही कदम हो ।’
‘सैद्धान्तिक रुपमा ट्वीटर कसको स्वामित्वमा छ र कसले सञ्चालन गरिरहेको छ भन्ने कुराले मलाई फरक पार्दैन । प्रोटोकलको तहमा यो सार्वजनिक हितमा हुनुपर्छ, न कि कम्पनीको । जेसुकै भए पनि मलाई विश्वास छ, एलन मस्क कम्पनीको एकमात्र समाधान हुन् । मलाई विश्वास छ, चेतनाको ज्योति फैलाउने उनको लक्ष्य छ ।’
In principle, I don’t believe anyone should own or run Twitter. It wants to be a public good at a protocol level, not a company. Solving for the problem of it being a company however, Elon is the singular solution I trust. I trust his mission to extend the light of consciousness.
त्यसो त ट्वीटरमा एलन मस्कको संलग्नतालाई समर्थन गर्दै डोर्सी खुलेको यो नै पहिलो पटक भने होइन । उनको पछिल्लो टिप्पणी कम्पनीको अनिश्चितताको अवस्थामा आएको छ, जतिखेर कर्मचारीहरू ट्वीटरको आगामी दिशा कस्तो हुन्छ भन्नेमा चिन्तित छन् ।