close

कम्प्युटर अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा दायर

टेकपाना टेकपाना

भदौ २८, २०७९ ८:३४

कम्प्युटर अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । सेवाग्राहीसँग घुस लिँदै गर्दा नियन्त्रणमा लिइएका एक कम्प्युटर अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गत साउन १८ गते आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधानलाई सेवाग्राहीसँग ३० हजार घुस लिँदै गरेको अवस्थामा नियन्त्रमा लिएको थियो ।

कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा घुस लिएको पुष्टि भएपछि विशेष अदालत काठमाडाैंमा मुद्दा दायर गरिएको आयोगले जनाएकाे छ ।

प्रधानलाई भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही तथा ३० हजार रुपियाँ नै बिगो कायम गरेर मुद्दा दायर गरिएको आयोगले विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४