close

अब ह्वाट्सएप चलाउन पैसा तिर्नुपर्ने, १० ओटा डिभाइससम्म एउटै अकाउन्ट प्रयोग गर्ने सुविधा

टेकपाना टेकपाना

असोज २३, २०७९ ९:३२

अब ह्वाट्सएप चलाउन पैसा तिर्नुपर्ने, १० ओटा डिभाइससम्म एउटै अकाउन्ट प्रयोग गर्ने सुविधा

काठमाडौं । मेसेजिङ एप ह्वाट्सएपले पनि आफ्नो सशुल्क भर्सन सार्वजनिक गर्ने तयारी गरेकाे छ । धेरैलाई थाहा नहुन सक्छ, मेटा (तत्कालीन फेसबुक)ले सन् २०१४ मा ह्वाट्सएप खरिद गर्नुअघि यो एउटा सशुल्क एप थियो । मेटाको स्वामित्वमा आएपछि यो एप निःशुल्क उपलब्ध भइरहेको छ ।

यद्यपि कम्पनीले भने यसलाई पुन सशुल्क एप बनाउने तयारी गरिरहेको छ । हालै केही प्रयोगकर्तामाझ ह्वाट्सएपको प्रिमियम एपको बेटा भर्सन उपलब्ध भएको जानकारी बाहिरिएको छ ।

कम्पनीले व्यावसायिक प्रयोगकर्ताहरूका लागि सदस्यता सेवा सुरु गर्ने तयारी गरिरहेको जानकारीको पुष्टि गर्दै ह्वाट्सएपबेटा इन्फो वेबसाइटले दाबी गरेको छ कि ह्वाट्सएपले व्यावसायिक प्रयोगकर्ताका लागि प्रिमियम संस्करण ल्याउँदैछ ।

मासिक शुल्क तिररे ह्वाट्सएपको प्रिमियम भर्सन प्रयोग गर्न सकिने बताइएको छ । हाल बेटा भर्सन प्रयोग गरिरहेका प्रयोगकर्ताहरू स्वतः प्रिमियम संस्करणको ग्राहक हुन सक्नेछन् भने अन्यले भने प्रिमियम संस्करणको उपलब्ध प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

प्रिमियम भर्सनमा प्रयोगकर्ताले एउटै अकाउन्ट १० ओटा डिभाइससम्म प्रयोग गर्न सक्नेछन् । याे भर्सन विशेषगरी व्यावसायिक प्रयोगकर्तालाई लक्षित गरि ल्याउन लागिएको बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २३, २०७९ ९:३६