close

देश विकास गर्न बिजुली बेच्ने होइन, हाइड्रोजन र एमोनिया निर्यात गरे पुग्छः अर्थमन्त्री

टेकपाना टेकपाना

असोज २४, २०७९ १८:४७

देश विकास गर्न बिजुली बेच्ने होइन, हाइड्रोजन र एमोनिया निर्यात गरे पुग्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा उत्पादन हुने हाइड्रोजन र एमोनिया विश्व बजारमा निर्यात गर्ने बेला आएको बताएका छन् । राजधानीमा सोमबारदेखि सुरु भएको दुई दिने नेपाल हरित हाईड्रोजन सम्मेलनमा बोल्दै उनले नीतिगत व्यवस्था गरेर हाइड्रोजन उत्पादनका लागि बहस मात्रै नभइ लगानी र प्रविधि भित्र्याउनुपर्ने विचार राखे ।

“नेपालमा उत्पादन हुने हाइड्रोजन र एमोनिया विश्व बजारमै प्रतिस्पर्धी बन्ने देखिएको छ, अब प्रविधि र लगानी भित्र्याउने बेला हो,” उनले भने, “अब बिजुली बेच्ने नसोचौं । अब हाईड्रोजन र एमोनिया निर्यात गर्ने हो ।”

मन्त्री शर्माले जलवायु परिवर्तनमा ठूला देशका कारण नेपालजस्ता मुलुकले क्षति व्यहोर्नु परिरहेको भन्दै त्यस्को निराकरण तथा क्षतिपूर्तिका लागि पनि हरित हाइड्रोजन आवश्यक रहेको बताए । नेपालले खनिज इन्धन खरिदमै अर्बौ रुपैयाँ विदेश पठाउनु परेकाले त्यसलाइ रोक्न र वातावरण संरक्षण गर्न हरित ऊर्जामा नेपाल अग्रसर हुनुपर्ने मन्त्री शर्माको भनाइ थियो ।

सम्मेलनका अन्य सहभागी विज्ञ तथा सरोकारवालाले जलश्रोत र अन्य सम्भाव्यताका आधारमा नेपाल हरित हाइड्रोजन हब बन्नसक्ने भन्दै यसका लागि नीतिगत तथा अन्य व्यवस्थापनमा जुट्न ढिलाइ गर्नु नुहने धारणा राखे ।

पछिल्लो अध्यावधिक: असोज २४, २०७९ १८:४७