close

आईफोन १५ सिरिजका सबै मोडलमा ४८ मेगापिक्सेलको क्यामेरा

टेकपाना टेकपाना

पुस १९, २०७९ ११:३३

आईफोन १५ सिरिजका सबै मोडलमा ४८ मेगापिक्सेलको क्यामेरा

काठमाडौं । एप्पलको आगामी सिरिज आईफोन १५ यती बेला निकै चर्चामा छ । कम्पनीले आईफोन १४ मा सोचे जस्तो सफलता हात पार्न नसके पश्चात आगामी सिरिजको आईफोन १५ मा धेरै फिचर थप हुने अपेक्षा गरिएको छ । यसैबिच आईफोन १५ मा उपलब्ध हुने फिचरबारे विभिन्न जानकारीहरू बाहिरिने क्रम जारी छ ।

भर्खरैमात्र बाहिरिएको जानकारी अनुसार आईफोन १५ सिरिजका सबै फोनमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा हुने जनाइएको छ । हाईटङ इन्टरनेसनल टेक रिसर्चर जेफ पुले आईफोनमा यो वर्ष क्यामेरामा ठूलो परिवर्तन हुने जानकारी दिएका हुन् ।

उनका अनुसार आईफोन १५ सिरिजका फोनमा तीन ओटा रियर क्यामेरा रहनेछ । त्यसमध्ये मुख्य क्यामेरा ४८ मेगापिक्सेलको हुनेछ । हुन त कम्पनीले आईफोन १४ सिरिज अन्तर्गत आईफोन १४ प्रो म्याक्समा पनि यही क्यामेरा सेटअप उपलब्ध गराएको थियो ।

यसका साथै फोनमा १२ मेगापिक्सेलको पेरिस्कोप लेन्स, सिक्स एक्स अप्टिकल जुम क्यामेरा लेन्स रहने जनाइएको छ । फोनमा कम्पनी आफैले उत्पादन गरेको ए१७ चिपसेट प्रयोगमा ल्याउने उल्लेख गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: पुस १९, २०७९ १२:४९