close

सामसङको डिजिटल इन्भर्टर मोटर्स र कम्प्रेसरमा अब २० वर्षको वारेन्टी

टेकपाना टेकपाना

पुस २०, २०७९ ९:४३

सामसङको डिजिटल इन्भर्टर मोटर्स र कम्प्रेसरमा अब २० वर्षको वारेन्टी

काठमाडौं । पहिलो पटक सामसङले आफ्नो वासिङ मेसिनको डिजिटल इन्भर्टर मोटर्स र रेफ्रिजेरेटर्सको डिजिटल इन्भर्टर कम्प्रेसरमा २० वर्षसम्मको वारेन्टी प्रदान गर्ने भएको छ । 

इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आफ्नो वासिङ मेसिनहरुमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर र फ्रिजहरुमा प्रयोग हुने डिजिटल इन्भर्टर कम्प्रेसरमा पहिलो पटक २० वर्षको वारेन्टी गर्ने भएको हो । 
    
कम्पनीका अनुसार यो सुविधाले विद्युतीय फोहोर (e-waste) न्यूनीकरण गर्ने र उपभोक्ताहरूलाई उच्च गुणस्तरीय र टिकाउ उपकरणहरू प्रदान गर्दै दिगो जीवनशैली प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतालाई प्रस्तुत गरेको छ।

घरेलु उपकरणहरू बारम्बार फेर्नुपर्ने, पुरानो भएपछि नयाँ खरिद गर्नुपर्ने कामले समय र ऊर्जा खर्च मात्र नभइ भौतिक फोहोर पनि उत्पादन गर्ने हुँदा कम्पनीले २० वर्षसम्मको वारेन्टी दिने नयाँ नीति अवलम्बन गरेको जनाएको छ ।  

पछिल्लो अध्यावधिक: पुस २०, २०७९ ९:५७