close

प्रतिबन्ध खुलेसँगै नेपालमा आउँदैछन् सामसङका यी फ्ल्यागशिप फोन

टेकपाना टेकपाना

पुस २१, २०७९ १४:४९

प्रतिबन्ध खुलेसँगै नेपालमा आउँदैछन् सामसङका यी फ्ल्यागशिप फोन

काठमाडौं । सरकारले महँगा फोन आयातमा लगाएको प्रतिबन्ध हटेपछि फ्ल्यागशिप तथा मिडरेन्जका फोन नेपाल भित्रिन थालेका छन् । वैशाख दोस्रो सातादेखि ३०० डलरभन्दा बढी मूल्य भएका महँगा मोबाइल फोनको आयातमा प्रतिबन्ध लागेको थियो । मंसिर २९ मा प्रतिबन्ध खुलेपछि करिब नौ महिनाको अवधिमा सार्वजनिक भएका विभिन्न महँगा फोन नेपाल आउने क्रम जारी छ ।

नेपालमा आफ्नो प्रभुत्व जमाएको सामसङका कस्ता फोन नेपाल भित्रिँदैछन् भन्ने धेरैको जिज्ञासा हुनसक्छ । आज हामी सामसङले नेपाली बजारमा भित्र्याउन लागेका विभिन्न फ्ल्यागशिप फोनबारे जानकारी दिँदैछौं ।

कम्पनीका अनुसार यही जनवरीको अन्त्यमा सामसङका चार सिरिजका फ्ल्यागशिप फोन नेपाली बजार आउँदैछन् । जसमा ए७३, एस२०, फोल्ड फाेर, फ्लिप फोर रहेका छन् ।

सामसङ ग्यालेक्सी ए७३ फाइभजी फोन ८ जीबी र्‍याम २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । सुपर एमोलेड प्लस डिस्प्ले भएको यो फोन एन्ड्रोइड १३ मा आधारित छ भने वन यूआई फाइभद्वारा सञ्चालित छ ।

यस मोडेलमा क्वालकमको एसएम ७३२५ स्नापड्रागन ७७८जी  (Qualcomm SM7325 Snapdragon 778G 5G (6 nm)) चिपसेट प्रयोग गरिएको छ । १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा, ५ मेगापिक्सेलको म्याक्रो र ५ मेगपिक्सेलको डेफ्थ सेन्सर रहेको यस फोनमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

त्यस्तै ५००० एमएएच ब्याट्री क्षमताका भएको यस फोनमा २५ वाटको चार्जर पाउन सकिन्छ । नेपाली बजारमा यो फोनको मूल्य अनुमानित मूल्य ७५ हजार ९९९ रुपैयाँ रहेको छ ।

त्यस्तै कम्पनीले ल्याउन लागेको अर्को फोन हो एस२२ फाइभजी । सामसङका अनुसार यो फोन अल्ट्रा र बेस मोडेलमा उपलब्ध हुनेछ । ६.१ ईन्च डाइनामिक एमोलेड डिस्प्ले रहेको यो फोन एन्ड्रोइड १२ मा आधारित छ भने वन यूआई ५ द्वारा सञ्चालित छ ।

यो फोनमा क्वालकमको एसएम ८४५० स्नापड्रागन ८ जेन वान (SM8450 Snapdragon 8 Gen 1)  चिपसेट प्रयोग गरिएको छ । ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १० मेगापिक्सेलको टेलिफोटो र १२ मेगापिक्सेलको अल्ट्रावाइड सेन्सर रहेको यो फोनमा १० मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

अल्ट्रा र बेस मोडेलमा नेपाल आउन लागेको फोन कुन र्‍याम तथा स्टोरेज भेरियन्टमा उपलब्ध हुन्छ भन्ने खुलाइएको छैन । ३७०० एमएएच ब्याट्री क्षमता रहेको यस फोनमा २५ वाटको वायर्ड, १५ वाट वायरलेस र ४.५ वाट रिभर्स वायरलेस चार्जर समावेश छ । कम्पनीले यो एस२२ सिरिजको मूल्य भने खुलाएको छैन ।

यसैगरी कम्पनीले भित्र्याउन लागेको फ्ल्यागशिप फोनको अर्को सिरिज हो, सामसङ ग्यालेक्सी जेड फोल्ड फाेर । यो फोन अन्तर्राष्ट्रिय बजारमा गत अगस्टमा सार्वजनिक भएको थियो । ७.६ ईन्च डिस्प्ले भएको यो फाेनमा फोल्डेबल डाइनामिक एमोलेड डिस्प्ले प्रयोग गरिएको छ ।

क्वालकम एसएम८४७५ स्नापड्रागन ८ प्लस जेन चिपसेटमा आधारित यो फोनमा वन यूआई ५ उपलब्ध गराइएको छ । यो फोन एन्ड्रोइड १२ द्वारा सञ्चालित छ । साथै प्रयोग गरेको खण्डमा एन्ड्रोइड १३ मा अपग्रेड गर्न सकिन्छ । यो सिरिजका लागि पनि कम्पनीले र्‍याम भेरियन्ट र मूल्य खुलाएको छैन ।

५० मेगापिक्सेलको मुख्य क्यामेरा, १० मेगापिक्सेलको टेलिफोटो र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा रहेको यो फोनमा १० मेगापिक्सेल ४ मेगापिक्सेलका दुई ओटा सेल्फी क्यामेरा समावेश छ । ४४०० एमएएच ब्याट्री क्षमता भएको यस फोनमा २५ वाटको चार्जर उपलब्ध गराइएको छ । जसले आधा घण्टामै फोन फुल चार्ज गर्ने कम्पनीको दाबी छ । त्यस्तै यो फोनले १५ वाटको वायरलेस चार्जर र ४.५ वाटको रिभर वायरलेस चार्जर सपोर्ट गर्ने बताइएको छ ।

र, कम्पनीले नेपाल भित्र्याउन लागेको अर्को फ्ल्यागशिप फोन हो, सामसङ ग्यालेक्सी जेड फ्लिप फोर । ६.७ ईन्च फोल्डेबल डाइनामिक एमोलेड डिस्प्ले भएको यो फोनको सुरक्षाका लागि सुपर एमोलेड गोरिला ग्लास उपलब्ध गराएको छ ।

क्वालकम एसएम८४७५ स्न्यापड्रागन ८ प्लस जेन चिपसेटद्वारा सञ्चालित यो फोन एन्ड्रोइड १२ र वन यूआई ५मा आधारित छ । १२ मेगापिक्सेलको वाइड सेन्सर र १२ मेगापिक्सेलको अल्ट्रावाइड सेन्सर रहेको यो फोनमा १० मेगापिक्सेलको सेल्फी क्यामेरा समावेश छ ।

यस फोनमा ३७०० एमएएच क्षमताको ब्याट्री उपलब्ध गराइएको छ । जसलाई चार्ज गर्न कम्पनीले २५ वाटको चार्जर उपलब्ध गराउने बताएको छ । त्यस्तै यस फोनले १५ वाट वायरलेस र ४.५ वाट रिभर्स वायरलेस चार्जर सपोर्ट गर्नेछ । कम्पनीले यस मोडेलको पनि र्‍याम भेरियन्ट र मूल्य खुलाएको छैन ।

पछिल्लो अध्यावधिक: पुस २२, २०७९ १६:३१