close

के कोडिङ नजान्नेले पनि आईटी क्षेत्रमा काम गर्न सक्छन् ?

सञ्जीवन राई सञ्जीवन राई

पुस २२, २०७९ १६:५१

के कोडिङ नजान्नेले पनि आईटी क्षेत्रमा काम गर्न सक्छन् ?

काठमाडाैं । सूचना प्रविधि (आईटी) का धेरै विधामध्ये काेडिङ एक हाे । प्राेग्रामिङ ल्याङ्ग्वेज प्रयाेग गरी निश्चित कार्य सम्पन्न गर्न विभिन्न प्राेग्राम तयार पार्नुपर्ने भएकाले अहिले आईटी उद्याेगका लागि काेडिङ एक महत्त्वपूर्ण र अपरिहार्य सीप भएकाे छ । तर यस उद्याेगलाई काेडिङ वा प्राेग्रामिङका रुपमा मात्र हेर्नु भने गलत हुन्छ । किनकी उद्याेगमा काेडिङबाहेक अन्य काम पनि छन् । ती काम गर्न प्राेगामिङ ल्याङ्ग्वेज जान्नैपर्छ भन्ने छैन । 

आईटी उद्याेगमा काेडिङ जानेका र नजानेका दुवै प्रकारका जनशक्तिकाे महत्त्व छ । आवश्यक जनशक्ति उत्पादन गर्ने हेतुले नेपालका विभिन्न विश्वविद्यालय, कलेजदेखि तालिम सेवाप्रदायकले आईटीसम्बन्धी काेर्ष सञ्चालन गरिरहेका छन् । तीमध्ये केही प्राेग्रामिङमा केन्द्रित छन् भने केही आईटीका अन्य ज्ञानसँग सम्बन्धित छन् । जस्ताे; सफ्टवेयर इन्जिनियरिङ अलि बढी काेडिङमा केन्द्रित छ । यता बीसीए/एमसीए (कम्प्युटर एप्लिकेसन) विषयमा भने प्राेगामिङसँगै अन्य कुरा पढ्नुपर्छ ।

यी शैक्षिक कार्यक्रमकाे कुनै न कुनै सेमेस्टरमा प्राेगामिङ ल्याङ्ग्वेज अध्ययन गर्नुपर्छ । यसपछि विद्यार्थीले काेडिङमा जाने कि नजाने भन्ने कुराकाे निर्णय गर्नसक्ने काठमाडाैंस्थित सीजी इन्स्टिच्युट अफ म्यानेजमेन्ट (सीजीआईएम)का आईटी विभागका प्रमुख निशान्त श्रेष्ठ बताउँछन् । उनका अनुसार विद्यार्थीकाे रूचि वा क्षमताले आईटी क्षेत्रमा कसरी काम गर्ने भन्ने कुराकाे निर्धारण हुन्छ । 

विकास र परिवर्तन भइरहने क्षेत्रमध्ये कम्प्युटर तथा आईटी पनि एक हाे । यसमा काेडिङबाहेक अन्य काम सिर्जना हुने सम्भावना धेरै छ । यसकारण ननकाेडरका लागि अवसर प्रशस्त रहेकाे काठमाडाैं विश्वविद्यालयकाे कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभागका प्रमुख सह-प्राध्यापक बालकृष्ण बल (पीएचडी) बताउँछन् । तर काेडिङबारे ज्ञान भएन भने सिस्टम नै नबुझिने उनकाे भनाइ छ ।

त्यस्तै कम्प्युटरका विद्यार्थीले काेडिङ सिकेर मात्र ननकाेडरका रुपमा काम गर्नुपर्नेमा इन्फाेडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशी जाेड दिन्छन् । काेडिङ गर्ने काम गाह्राे भएपनि यसले सफ्टवेयर डेभलपमेन्टका चरणहरु थाहा हुने र काम सम्पन्न गर्न सहयाेगी हुने उनकाे धारणा छ ।

उनकाे कुरामा सीजीआईएम कलेजका आईटी विभागका प्रमुख श्रेष्ठ पनि सहमत छन् । ‘काेडिङकाे ज्ञान हुँदा ननकाेडरलाई आईटीका अरु क्षेत्रमा रचनात्मक भएर काम गर्न सहयाेग पुग्छ,’ उनी भन्छन् ।

श्रेष्ठ स्वंय आफैं काेडिङ गर्दैनन् । तर आईटी क्षेत्रमै क्रियाशील छन् । 

नन काेडरकाे महत्त्व

आईटीसँग सम्बन्धित वस्तु वा सेवा उत्पादनका लागि डेभलपर, डिजाइनरदेखि व्यवस्थापकसम्मका जनशक्ति चाहिन्छ । जसकारण करियरकाे हिसाबले आईटीका विद्यार्थीलाई नन काेडर बन्नु पनि राम्राे विकल्प भएकाे हाम्राे पात्राेकी निर्देशक सुदिना गाैतम बताउँछिन् । आईटी कम्पनीका लागि काेडर र ननकाेडर दुवै आवश्यक र महत्त्वपूर्ण रहेकाे उनी मत राख्छिन् ।

“घर बनाउन सिमेन्टबाहेक अन्य सामग्री पनि चाहिन्छन्,” उदाहरण दिँदै उनी थप्छिन्, “त्यस्तै उद्याेगमा पनि काेडर-नन् काेडर दुवै चाहिन्छ । काेडर मात्रै भएर पनि हुँदैन । ननकाेडर मात्रै भएर पनि हुँदैन । उद्याेगलाई दुवै चाहिन्छ ।”

त्यस्तै इन्फाेडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रघुवंशीका अनुसार  सफ्टवेयर विकासका लागि यी दुवै आवश्यक तत्व भएका कारण एउटा मात्रकाे कमीले काम अपूर्ण हुन्छ । आजभाेलि काेडिङसँगै ‘डेटा र कन्टेन्ट’ काे महत्त्व आईटी क्षेत्रमा बढ्दै गइरहकाे छ । काेडिङ बाहेकका यस्ता काम ननकाेडरले गर्ने गर्छन् । समग्रमा ननकाेडरले आईटी उद्याेगमा निम्न काम गर्न सक्छन्:

-डेटा एनालिस्ट

-आईटी बिजनेस एनालिस्ट

-प्राेजेक्ट मेनेजर

-क्यूए (QA) टेस्टर

-डिजिटल मार्केटिङ

-कन्टेन्ट क्रियटिङ

यूएक्स डिजाइनिङ

-भिडिओ एडिटिङ

-प्राविधिक लेखन

कसकाे कमाइ बढी ?

समग्रमा आईटी क्षेत्रका लागि काेडिङ अभिन्न अंग हाे । तर ‘काेडिङ नै आईटी हाे’ भनेर बुझ्न नहुनेमा सीजीआईएम कलेजका श्रेष्ठकाे जाेड छ । ‘यसकारण विद्यार्थीले आईटी क्षेत्रलाई अलि विस्तारमा हेर्नुपर्छ । काेडर र ननकाेडरबीचकाे फरकका रुपमा कतिले ‘कमाइ’लाई लिन्छन् । 

सुरुमा काेडर र ननकाेडरकाे तलब लगभग एकै हुने इन्फाेडेभलपर्सका सीईओ रघुवंशी बताउँछन् । क्षमता, भूमिका आदिले पछि फरक पार्ने भएपनि तुलनात्मक रुपमा ननकाेडरले बढी कमाउनसक्ने उनकाे भनाइ छ । 

तर मान्छेअनुसार क्षमता फरक हुने भएकाले यी दुईबीच कमाइकाे तुलना गर्न नमिल्ने हाम्राे पात्राेकी गाैतम सुनाउँछिन् । समग्रमा कम्पनीमा निभाउने भूमिका, क्षमता, दक्षता आदिका आधारमा कमाइ निर्भर हुने देखिन्छ ।

पछिल्लो अध्यावधिक: पुस २२, २०७९ १७:७