close

रिभरसङको नयाँ स्मार्टवाच नेपाली बजारमा, मूल्य साढे ६ हजार

टेकपाना टेकपाना

माघ २, २०७९ १४:२३

रिभरसङको नयाँ स्मार्टवाच नेपाली बजारमा, मूल्य साढे ६ हजार

काठमाडौं । चिनियाँ कम्पनी रिभरसङको नयाँ स्मार्टवाच नेपाली बजारमा भित्रिएकाे छ । कम्पनीकाे नेपाली वितरक केमियो इन्टरनेसनल प्रालिले करिब साढे छ हजार रुपैयाँ मूल्य पर्ने  'मोटिभ सिक्स एस' माेडेलकाे स्मार्टवाच बिक्री गर्न थालेकाे हाे ।

'मोटिभ सिक्स एस'मा ५० भन्दा बढी फिटनेस ट्रयाकिङ अप्सन छन् भने यसमा मुटुको चाल जाँच गर्ने फिचर पनि उपलब्ध छ । साथै यसमा एआई भ्वाइस असिस्टेन्ट, २०० भन्दा बढी क्लाउड वाच फेस र चौबिसैँ घण्टा स्वास्थ्य स्थिति निगरानी गर्ने फिचर छन् ।

२०० एमएएच ब्याट्री भएको यो घडीमा १.६९ इन्चको टचस्क्रिन उपलब्ध छ । यसमा ब्लुटुथ कलिङ अप्सन पनि छ ।

कम्पनीले स्मार्टवाचको बिक्री मूल्य छ हजार ४२५ रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: माघ २, २०७९ १४:२६