close

अमेरिकापछि चीनमाथि प्रतिबन्ध लगाउँदै नेदरल्यान्ड र जापान

टेकपाना टेकपाना

माघ १५, २०७९ ८:२०

अमेरिकापछि चीनमाथि प्रतिबन्ध लगाउँदै नेदरल्यान्ड र जापान

काठमाडौँ । अमेरिकापछि अब जापान र नेदरल्याण्डले पनि चीनमाथि प्रतिबन्ध लगाउने भएको छ । अर्थात अमेरिकाले जस्तै जापान र नेदरल्यान्डले पनि चिप निर्माणका लागि आवश्यक पर्ने प्राविधिक उपकरण लगायत अन्य उत्पादनहरू चीन निर्यातमा प्रतिबन्ध लगाउने भएको हो ।  

चीनको उत्पादन क्षमतालाई विस्तार हुन नदिने लक्ष्यसहित यी देशहरूले आपसमा सहमति गरी चीनमाथि प्रतिबन्ध लगाउन लागेको ब्लुमबर्गमा प्रकाशित लेखमा उल्लेख गरिएको छ । 

डच कम्पनी एएसएमएल होल्डिंग एचभीलाई चिप निर्माणका लागि प्रयोग हुने डिप अल्ट्राभोइलेट लिथोग्राफी मेसिनहरू चीनमा आपूर्ती गर्न रोक लगाएको छ भने जापानी निकोन कर्पोरेशनमा पनि यस्तै प्रतिबन्ध लगाइने जनाइएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको चीनको आफ्नै सेमिकन्डक्टरहरू निर्माण र विकास गर्ने क्षमतालाई सीमित गर्ने नीतिको विस्तार स्वरूप जापान र नेदरल्यान्ड पनि प्रतिबन्ध लगाउन सुरु गरेको हो । 

चीनले उत्पादन गर्ने चिपहरू सेनामा एआई र मेसिन लर्निंङका लागि प्रयोग गरिन्छ साथै यसलाई मोबाइल प्रविधि उद्योगमा पनि प्रयोग गरिँदै आएको छ ।

अमेरिकाले यसअघि नै आफ्ना कम्पनीहरूलाई चीनसँग व्यापार गर्न रोक लगाइसकेको छ । तर यसले मात्र प्रयाप्त नहुने देखेपछि अमेरिकी सरकारले जापान र नेदरल्यान्डलाई पनि आफ्नो मिसनमा संलग्न गराएको छ ।

पछिल्लो अध्यावधिक: माघ १५, २०७९ ८:२०