close

अब बैंकको पूर्व जानकारी बिना विदेशबाट मोबाइल तथा इन्टरनेट बैङ्किङ चलाउन नपाइने

टेकपाना टेकपाना

माघ १९, २०७९ १४:३१

अब बैंकको पूर्व जानकारी बिना विदेशबाट मोबाइल तथा इन्टरनेट बैङ्किङ चलाउन नपाइने

काठमाडौँ । अब बैङ्कको पूर्व जानकारी बिना विदेशबाट मोबाइल तथा इन्टरनेट बैंकिङ चलाउन नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले हालै भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो ।

यसअन्तर्गत राष्ट्र बैंकबाट अनुमतिप्राप्त संस्थाले इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ प्रणालीमा प्रयोगकर्तालाई आबद्ध गराउँदा ग्राहकले विदेशबाट सेवा प्रयोग गर्ने नगर्ने व्यहोरा अनिवार्य रूपमा खुलाउनु पर्नेछ । साथै ग्राहकले मोबाइल बैंकिङ वा इन्टरनटे बैंकिङ सुविधा विदेशबाट प्रयोग गर्ने भएमा विदेश जानुअघि अनिवार्य रुपमा बैंकलाई पूर्व जानकारी गराउनुपर्ने छ ।

पूर्व जानकारी बिना विदेशबाट बैंकिङ सेवा प्रयोग गर्न नपाउने गरी व्यवस्था मिलाउन नियामकले अनुमतिप्राप्त संस्थालाई निर्देशन दिएकाे हाे । त्यस्तै अडिट ट्रायल ट्रयाकिङको प्रयोगमार्फत संस्थाले स्वदेश तथा विदेशबाट लगइन गरी भएका कारोबारहरूको छुट्टाछुट्टै रिपार्ट तयार पार्नुपर्ने व्यवस्था ल्याइएकाे छ ।

पछिल्लो अध्यावधिक: माघ १९, २०७९ १४:३१