close

माइक्रोसफ्टले ल्यायो च्याटजीपीटी भन्दा शक्तिशाली एआई च्याटबट

टेकपाना टेकपाना

माघ २५, २०७९ १४:८

माइक्रोसफ्टले ल्यायो च्याटजीपीटी भन्दा शक्तिशाली एआई च्याटबट

काठमाडौँ । माइक्रोसफ्टले पनि आफ्नै एआई च्याटबट सार्वजनिक गरेको छ । माइक्रोसफ्टको सर्च इन्जिन बिङमा च्याटजीपीटी भन्दा पनि शक्तिशाली च्याटबटको रुपमा कम्पनीले मंगलबार नयाँ एआई फिचर सार्वजनिक गरेको हो ।

ओपन एआईको उत्पादन च्याटबटसँग सहकार्य गर्ने निर्णय गरेको केही समय पछाडि नै कम्पनीले बिङ सर्चबाट सुरु गरिएको यो एआई प्रविधिको विषयमा सार्वजनिक गरेको हो ।

'प्रोमेथस' नामको मोडल प्रयोग गरेर कम्पनीले यो फिचर बिङमा थप गरेको हो । चाँडै नै यो फिचर सबै प्रयोगकर्ताको लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यसले प्रयोगकर्ताको जिज्ञासाको उत्कृष्ट जवाफ दिने मात्र नभई प्रयोगकर्ताले खोजी गरेको विषयमा सटीक र छिटो जवाफ दिनुका साथै सुरक्षित प्रयोगमा पनि सहयोग गर्ने बताएको छ ।

यो फिचर थप भएपछि प्रयोगकर्ताले च्याटजीपीटीमा जस्तै एआई प्रविधिसँग च्याटमार्फत आफ्नो जिज्ञासाहरू राख्न सक्छन् । यो फिचर च्याटजीपीटी भन्दा पनि प्रभावकारी हुने कम्पनीको दाबी छ ।

पछिल्लो अध्यावधिक: माघ २५, २०७९ १४:८