close

घट्यो बेन्कोका दुई स्मार्टफोनको मूल्य, यस्तो छ नयाँ  सूची

टेकपाना टेकपाना

बैशाख २१, २०८२ १३:२३

घट्यो बेन्कोका दुई स्मार्टफोनको मूल्य, यस्तो छ नयाँ  सूची

काठमाडौँ । बेन्को नेपालले आफ्ना दुई स्मार्टफोनको मूल्य घटाएको छ । कम्पनीले आफ्नो बजेट स्मार्टफोन बेन्को भी९० प्लस र बेन्को भी९१ सी मोडेलको मूल्य घटाएको हो ।

११ हजार दुई सय ९९ रुपैयाँ पर्ने बेन्को भी९० प्लसको मूल्य घटेर १० हजार तीनसय ९९ रुपैयाँ कायम भएको छ । फोनमा ९० हर्ज रिफ्रेसरेट सहितको ६.५६ इन्चको एचडी डिस्प्ले दिइएको छ । यस्तै फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिईएको छ ।

एन्ड्रोइड १३ मा आधारित यो फोनमा युनिसक टी६०६ अक्टा कोर प्रोसेसर पाउन सकिन्छ । इन्ट्रि लेभलको गेमिङ फोन भनेर दाबी गरिएको यो फोनमा ५००० एमएएच क्षमताको ब्याट्री छ जसले १८ वाटको टाइपसी फास्ट चार्जिङ पनि सपोर्ट गर्छ । फोनमा सुरक्षाका लागि फेसअनलक, साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सर लगायतका फिचर पनि दिइएको छ । यस्तै यसमा ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेज पाउन सकिन्छ ।

यसैगरी बेन्को भी९१ सीको मूल्य १२ हजार नौ सय ९९ रुपैयाँबाट घटेर ११ हजार छ सय ९९ रुपैयाँ कायम गरिएको छ । फोनमा ९० हर्ज रिफ्रेसरेट सहितको ६.५६ इन्चको डिस्प्ले दिइएको छ । यस्तै यसमा युनिसक टी६०६ अक्टाकोर प्रोसेसर र ५००० एमएएच क्षमताको ब्याट्री दिइएको छ । रेन्ब ह्वाइट र स्पेस ग्रे कलरमा उपलब्ध यो फोन ४‌‌‍‌+४ जीबी र्‍याम सहित १२८ जीबी स्टोरेज भेरियन्टमा पाउन सकिन्छ । फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । एन्ड्रोइड १३ मा आधारित यो फोनमा स्मार्ट विन्डो, फास्ट साइड माउन्टेड फिङ्गरप्रिन्ट अनलक लगायतका अन्य फिचर पनि पाउन सकिन्छ । 

 

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८२ १३:२३