close

एन्ड्रोइड १४ मा उपलब्ध हुँदैछन् यस्ता नयाँ फिचर

टेकपाना टेकपाना

माघ २९, २०७९ ९:३९

एन्ड्रोइड १४ मा उपलब्ध हुँदैछन् यस्ता नयाँ फिचर

काठमाडौं । गुगलले ठूला स्क्रिन भएका डिभाइसहरू जस्तै ट्याब्लेट अथवा फोल्डेबल डिभाइसलाई लक्षित गर्दै एन्ड्रोइड १४ तयार गरिरहेको छ ।

एन्ड्रोइड १४ मा अन्य फिचरसँगै किबोर्डमा धेरै परिवर्तन हुने बताइएको छ । बाहिरिएको खबर अनुसार एन्ड्रोइड १४ ले किबोर्ड टचप्याडमा थप फिचरहरू उपलब्ध गराउने भएको छ, जसले ट्याबलेटमा काम गर्ने प्रयोगकर्तालाई सहज हुनेछ ।

धेरैजसो मानिसहरू आफ्नो कामको लागि आफ्नो मोबाइल अथवा ट्याबलेटमा निर्भर भएको भन्दै सो कामलाई सहज बनाउन कम्पनीले एन्ड्रोइड १४ मार्फत किबोर्डको फिचर परिवर्तन गर्न लागेको हो ।

नयाँ अपडेटसँगै किबोर्डमा एउटा मेन्यु थपिने छ । उक्त मेनुमा विभिन्न सेटिङहरू हुनेछन्, जसले डिभाइसलाई यूएसबी मार्फत अथवा ब्लुटुथ मार्फत एक्सटर्नल किबोर्ड जोडेर प्रयोग गर्न अनुमति दिन्छ ।

यो फिचर प्रयोग गर्नको लागि सेटिङमा गएर ल्याङ्ग्वेज एन्ड इन्पुटमा क्लिक गरेर 'फिजिकल किबोर्ड' भनेर देख्न सकिन्छ । उक्त किबोर्डमा क्लिक गरेपछि किबोर्ड जोडेर प्रयोग गर्न सकिनेछ । 

यसले ठूला स्क्रिनमा काम गर्न सघाउने कम्पनीको विश्वास छ । 

पछिल्लो अध्यावधिक: माघ २९, २०७९ ९:४०