close

सामसङका यी १५ फोनले पाउने छैनन् एन्ड्रोइड १४ को अपडेट

टेकपाना टेकपाना

चैत २०, २०७९ १०:०

सामसङका यी १५ फोनले पाउने छैनन् एन्ड्रोइड १४ को अपडेट

काठमाडौं । सामसङले चाडैँ नै एन्ड्रोइडको नयाँ अपडेट ल्याउँदैछ । केही फोनहरू बाहेक ग्यालेक्सीका पुराना फोनहरूले भने नयाँ अपडेट अर्थात् ग्यालेक्सी एन्ड्रोइड १४ को अपडेट पाउने छैन । 

केही वर्ष अगाडि सामसङले दुई वर्षको फर्मवेयर सेक्युरिटी अपडेट सपोर्ट तीन वर्षसम्म दिने  घोषणा गरेको थियो । त्यस्तै सन् २०२१ मा फ्ल्यागशिप फोन ग्यालेक्सी एस वान्टी वान सिरिज सार्वजनिक गर्दा एस सिरिजमा चार पटकसम्म एन्ड्रोड अपडेट गर्ने घोषणा गरेको थियो । 

यसमा ग्यालेक्सी ए ३३, ग्यालेक्सी ए ५३, ग्यालेक्सी ७३ आदि पनि पर्छन् । तर केही पुराना ग्यालेक्सी फोनहरूमा सामसङले एन्ड्रोइड १४ र वान युआई ६.० को अपडेट नदिने भएको छ । 

सामसङ सम्बन्धी विभिन्न जानकारी बाहिर ल्याउने साइट साममोबाइलका अनुसार सामसङले एन्ड्रोइड १४ र वान युआई ६.० को अपडेट नदिने फोनहरूको सूची यस्तो छ: 

- Galaxy S10 Lite

- Galaxy S20 FE

- Galaxy S20 / Galaxy S20+ / Galaxy S20 Ultra

- Galaxy Note 10 Lite

- Galaxy Note 20 / Galaxy Note 20 Ultra

- Galaxy Z Flip (LTE/5G)

- Galaxy Z Fold 2

- Galaxy A22 (LTE/5G)

- Galaxy A32 (LTE/5G)

- Galaxy A51

- Galaxy A71

- Galaxy Tab A8

- Galaxy Tab A7 Lite

- Galaxy Tab S6 Lite (2020)

- Galaxy Tab S7/Galaxy Tab S7+

अहिले सामसङले एन्ड्रोइड १४ र वान युआई ६.० को अपडेट कहिले आउँछ भन्ने केही पनि खुलाएको छैन । यो अपडेट सामसङको नयाँ फ्ल्यागशिप फोन ग्यालेक्सी एस २३, ग्यालेक्सी एस २३ प्लस , ग्यालेक्सी एस २३ अल्टा लगायतका फोनले पाउनेछन् ।

पछिल्लो अध्यावधिक: चैत २०, २०७९ १०:३