close

अब टेलिकम तथा इन्टरनेट प्रदायकले वेबसाइटमा ग्राहक सेवासम्बन्धी बडापत्र राख्नुपर्ने

टेकपाना टेकपाना

फागुन २, २०७९ १६:५२

अब टेलिकम तथा इन्टरनेट प्रदायकले वेबसाइटमा ग्राहक सेवासम्बन्धी बडापत्र राख्नुपर्ने

काठमाडौं । अब टेलिकम तथा इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले आफ्नो वेबसाइटमा ग्राहक सेवासम्बन्धी बडापत्र अनिवार्य रूपमा प्रकाशन गर्नुपर्ने भएको छ । दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली २०७९ जारी गर्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो व्यवस्था गरेको हो ।

बडापत्रमा सेवाप्रदायकको नाम, ठेगाना, ईमेल, सम्पर्क नम्बरका साथै सेवा उपलब्ध भौगोलिक क्षेत्र (जिल्ला तह) र नेटवर्क पहुँच रहेको स्थान उल्लेख गर्नुपर्नेछ ।

यस अलावा सेवाका प्याकेज तथा ट्यारिफ, ग्राहक सेवा, सहायता सम्पर्क नम्बर तथा टोल-फ्रि नम्बर, गुनासो सम्बोधन संयन्त्र र उपलब्ध गराइएको सेवा सक्रिय तथा निष्क्रिय पार्ने प्रक्रिया समेत बडापत्रमा खुलाउनुपर्ने व्यवस्था गरिएको छ ।

पछिल्लो अध्यावधिक: फागुन २, २०७९ १६:५२