close

विद्यार्थीलाई एसईईको तयारी गर्न सघाउने 'हाम्रो एक्जाम' एप

टेकपाना टेकपाना

फागुन ३, २०७९ १७:५७

विद्यार्थीलाई एसईईको तयारी गर्न सघाउने 'हाम्रो एक्जाम' एप

काठमाडौं । सेकेन्डरी एजुकेसन एक्जामिनेसन (एसईई) दिने विद्यार्थीहरूका लागि हाम्रो एक्जाम नामक मोबाइल एपले रेकर्डेड कक्षाहरू सञ्चालनमा ल्याएको छ । विद्यार्थीहरूले उक्त एपमा उपलब्ध विभिन्न विषयका रेकर्डेड कक्षाहरू मार्फत आफ्नो परीक्षाको तयारी गर्न सक्नेछन् । हाललाई यो एप प्ले स्टोरमा मात्र उपलब्ध छ । 

नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पढ्न सकिने, परीक्षाको अभ्यास पनि पूर्ण रुपमा गर्न सकिने साथै हरेक हप्ता सम्बन्धित शिक्षकले निःशुल्क रूपमा लाइभमा पनि पढाउने हाम्रो एक्जाम डट कमका शैक्षिक विभाग प्रमुख रावादिप नेपालले बताए ।

साथै आउने शनिबार देखि निशुल्क रिभिजन क्लास पनि हुने बताइएको छ । एपमा गणित ,अङ्ग्रेजी,विज्ञान,कम्प्युटर ,सामाजिक शिक्षा लगायतका विषहरूको पाठ्यक्रम उपलब्ध गराइएको छ । 

अन्य विद्यार्थीहरूका लागि सशुल्क कक्षा सञ्चालन भएपनि शुल्क तिर्न नसक्ने तर मिहिनेती विद्यार्थीलाई निशुल्क पढाउने व्यवस्था पनि गरिएको छ । 

पछिल्लो अध्यावधिक: फागुन ३, २०७९ १७:५७