close

मोबाइलबाट यसरी हेर्नुहोस् नेपालमा जारी अन्तर्राष्ट्रिय क्रिकेटको लाइभ

टेकपाना टेकपाना

फागुन ५, २०७९ १०:४१

मोबाइलबाट यसरी हेर्नुहोस् नेपालमा जारी अन्तर्राष्ट्रिय क्रिकेटको लाइभ

काठमाडौं । हाल नेपालमा आईसीसी वर्ल्ड क्रिकेट लिग टु को त्रिदेशिय सिरिज चलिरहेको छ । खेलमा नेपाल, स्कटल्यान्ड र नामिबिया सहभागी छन् । किर्तीपुरमा जारी खेलको प्रत्यक्ष प्रसारण भने कान्तिपुर टिभीबाट हेर्न सकिन्छ । 

तर यदि तपाईँ कार्यालयमा हुनुहुन्छ अथवा टिभीको पहुँचमा हुनुहुन्न र मोबाइलमा नै यो खेल हेर्न चाहनुहुन्छ भने यसको लागि वर्ल्डलिंकको नेटटिभी तपाईँको लागि उपयुक्त हुनसक्छ । 

खेलको प्रत्यक्ष प्रसारण हेर्न वर्ल्डलिंकको ग्राहक नै हुनुपर्छ भन्ने छैन । आफ्नो जीमेल अकाउन्ट अथवा फेसबुकको आईडी प्रयोग गरेर पनि खेल हेर्न सकिन्छ ।

मोबाइलबाट निशुल्क खेलको प्रत्यक्ष प्रसारण हेर्न यसो गर्नुहोस्:  

- प्ले स्टोरमा अथवा एप स्टोरमा गएर 'नेटटिभी' इन्स्टल गरेर ओपन गर्नुहोस् 
- गेट स्टार्टेडमा क्लिक गर्नुहोस् 
- एप कसरी प्रयोग गर्ने भनेर दिइने निर्देशनहरूलाई स्किप गर्दै लगइनको पेजमा जानुहोस् । त्यहाँ गएर तपाईँले विभिन्न माध्यमबाट एपमा साइन-इन गर्न सक्नुहुन्छ । यदि तपाईँ वर्ल्डलिंकको प्रयोगकर्ता हुनुहुन्छ भने 'साइन इन विथ योर आईएसपी' अप्सनमा क्लिक गरेर आफ्नो युजरनेम र पासवर्ड राखेर लगइन गर्न सक्नुहुन्छ । अथवा साइन इन विथ गुगल, फेसबुक वा एनसेल गरेर आवश्यक विवरण भरेर लगइन गर्न सक्नुहुन्छ । 
- यसपछि स्क्रिनको बायाँतिर सबैभन्दा माथि भएको 'लाइभ टिभी' मा क्लिक गर्नुहोस् 
- हाल कान्तिपुर टिभीले जारी खेलको प्रत्यक्ष प्रसारण गरिरहेको छ । कान्तिपुर टिभी अथवा कान्तिपुर सिनेप्लेक्समा क्लिक गरेर खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नुहुन्छ ।  

पछिल्लो अध्यावधिक: फागुन ५, २०७९ १०:४१