close

'नागरिकका सबै तथ्याङ्क र सूचनाहरू असुरक्षित छन्'

टेकपाना टेकपाना

फागुन १२, २०७९ १९:५७

'नागरिकका सबै तथ्याङ्क र सूचनाहरू असुरक्षित छन्'

विराटनगर । नेपाल दूरसञ्चार सम्बन्धी कानूनका विज्ञ सन्तोष सिग्देलले नागरिकका सबै तथ्याङ्क र सूचनाहरू असुरक्षित रहेको बताएका छन् । दूरसञ्चार सम्बन्धी कानून र समग्र दूरसञ्चार सेवाको वर्तमान अवस्थाको विषयमा शुक्रबार विराटनगरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

दूरसञ्चार प्राधिकरणको सहकार्यमा आयोजित कार्यक्रममा नेपाल दूरसञ्चार सेवाको गुणस्तर कमजोर रहेको सरोकारवालाहरूको जोड थियो । दूरसञ्चारको विषय टेलिफोन मात्र नभई इन्टरनेटसित समेत जोडिएकाले इन्टरनेटमार्फत रहेका सूचनाहरू असुरक्षित रहेको सिग्देलको भनाई थियो ।

डिजिटल सचेतना, गोपनीयता, सही र गलत सूचना, डाटा प्रोटेक्सन, बालबालिकालाई अनलाइन प्रोटेक्सन, साइबर क्राइम र गुणस्तरीय सेवालाई ध्यान दिनु पर्नेमा उनले जोड दिए । मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले नेपाली प्रयोगकर्ताहरू सामाजिक सञ्जाल तथा इन्टरनेट प्रविधिको ट्रयापमा पर्ने अवस्था रहेको बताए ।

लामो समयदेखि कानून निर्माण प्रक्रियामा गए पनि अझै पूर्णता पाउन नसकेको नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक रेवतिराम पन्तले जानकारी दिए । उपभोक्ता र सेवाप्रदायकबीचको समस्याका बारेमा उजुरीहरू कम पर्ने गरेका छन् । 

 

 

 

 

पछिल्लो अध्यावधिक: फागुन १२, २०७९ २२:६