close

प्राधिकरणको मोबाइल एपः जहाँ छन् बिजुलीको बिल तिर्नेदेखि गुनासो टिपाउनेसम्मका सुविधा

टेकपाना टेकपाना

फागुन १६, २०७९ ११:२८

प्राधिकरणको मोबाइल एपः जहाँ छन् बिजुलीको बिल तिर्नेदेखि गुनासो टिपाउनेसम्मका सुविधा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो डिजिटल सेवाको उपयोग गर्नको लागि प्राधिकरणको मोबाइल एप प्रयोग गर्न सेवाग्राहीहरूलाई आग्रह गरेको छ ।

आफ्नै मोबाइल एपमा विल भुक्तानी देखि अन्य काम कारबाही गर्न सकिने भएको कारण, सहजताका लागि मोबाइल एप प्रयोग गर्न प्राधिकरणले अनुरोध गरेको हो । 

प्राधिकरणको मोबाइल एपबाट मिटर रिडिङ, बिलिङ,महसुल भुक्तानी तथा विद्युत आपूर्ति सम्बन्धी विविध सूचना तथा जानकारीहरू प्रदान गर्न सकिन्छ ।

साथै उक्त एपबाट चार्जिङ स्टेसनहरूको जानकारी पनि लिन सकिन्छ भने एप मार्फत गुनासो व्यवस्थापनको समेत काम गरिरहेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणको मोबाइल एप 'NEA official' प्ले स्टोरबाट डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् र एप स्टोरबाट डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । आफ्नो मोबाइल यो एप डाउनलोड गरिसकेपछि आफ्नो ग्राहक विवरण भरेर एपमा भएका सुविधाहरू प्रयोग गर्न सकिन्छ ।   
  

पछिल्लो अध्यावधिक: फागुन १६, २०७९ ११:३०