close

एफवान सफ्ट २० औँ वर्षमा प्रवेश, थप परिस्कृत प्रविधि निर्माणमा जोड दिने

टेकपाना टेकपाना

फागुन २१, २०७९ १४:१८

एफवान सफ्ट २० औँ वर्षमा प्रवेश, थप परिस्कृत प्रविधि निर्माणमा जोड दिने

काठमाडौं । डिजिटल वित्तीय सेवा प्रदान गर्दै आएको फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेसनल २० औँ वर्षमा प्रवेश गरेको छ ।

डिजिटल वित्तीय सेवा पुर्याउने उद्देश्यले सन् २००४ को मार्च ६ तारिखबाट सेवा सुरू गरेको कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबै प्रकारका प्रविधिको निर्माण गर्दै आएको छ ।

एसएमएस बैंकिङबाट आफ्नो सेवा स्थापना गरेको कम्पनीले हाल वित्तीय क्षेत्रलाई आवश्यक पर्ने इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भाइबर बैंकिङ, फोन लोन जस्ता निकै रूचाइएका प्रविधिहरू निर्माण गरिसकेको छ । 

यस्तै एफवान सफ्टले ईसेवा र फोनपे जस्ता मोबाइल मार्फत हुने भुक्तानीको समेत विकास गरेको छ । कम्पनीमा हाल १ हजार २ सय भन्दा बढि दक्ष जनशक्तिले रोजगारी पाएका छन् । 

१९ वर्ष पुरा भइ २० औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा एफवान सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताए, "एफवान सफ्टले निर्माण गर्ने प्रविधिले आम मानिसको दैनिकी सहज बनाओस् र त्यसको फाइदा मुलुकको अर्थतन्त्रलाई पुगोस् भन्ने दृष्टिकोण राखेर हामीले प्रविधि निर्माण गछौँ । हामीले डिजिटल नेपाल बनाउँदै अर्थतन्त्रलाई नै डिजिटलाइज गरि देशको जीडीपीमा ठूलो योगदान दिन सकौँ भन्ने उद्देश्य राखेका छौँ ।" 

एफवान सफ्ट ग्रुप अन्तर्गत हाल एक दर्जन बढी कम्पनी सञ्चालनमा छन् । एफवान सफ्ट ग्रुप अन्तर्गत ईसेवा, फोनपे, ईसेवा मनि ट्रान्सफर, दियालो टेक्नोलोजी, कोजेन्ट हेल्थ, लोजिका जस्ता कम्पनी सञ्चालनमा छन् ।  

साथै नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थाले एफवान सफ्टले विकास गरेको प्रविधि प्रयोग गर्दै सेवा दिइरहेका छन् । कम्पनीले विकास गरेको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङका प्रयोगकर्ता नेपालमा एक करोड ५० लाख भन्दा धेरै रहेका छन् । 

पछिल्लो अध्यावधिक: फागुन २१, २०७९ १४:१८