close

तपाईँलाई कस्तो लाग्यो नागरिक एपको नयाँ यूआई ?

टेकपाना टेकपाना

फागुन २१, २०७९ १५:६

तपाईँलाई कस्तो लाग्यो नागरिक एपको नयाँ यूआई ?

काठमाडौं । नागरिक एपको एन्ड्रोइड संस्करणमा नयाँ अपडेटसँगै एपको युजर इन्टरफेस (युआई) परिवर्तन भएको छ । 

बुधबार सार्वजनिक भएको नयाँ अपडेटमार्फत परिमार्जित यूआई उपलब्ध गराइएको छ । भर्सन १.६.६ भएको यो एपको नयाँ यूआई पहिला भन्दा केही फरक देखिन्छ ।

यो भन्दा अगाडिको यूआई वेब भर्सन जस्तो देखिन्थ्यो । तर नयाँ यूआई प्रयोग गर्दा एप चलाइरहेको अनुभव हुन्छ । पुरानो यूआईमा होमपेजको सबैभन्दा माथि दायाँपट्टि क्यूआर स्क्यानको आइकन रहेको थियो । अहिले उक्त आइकनलाई तलपट्टि (फुटरमा) बीच भागमा राखिएको छ ।

पहिलेको यूआईमा फुटरतिर ड्याशबोर्ड, नोटिफिकेसन र प्रोफाइलको आइकन मात्र थियो । जसलाई आइकनले मात्रै पहिचान गर्नुपर्ने हुन्थ्यो । 

नयाँ यूआईमा डकुमेन्ट र क्यूआर स्क्यानको अप्सन थप गरिएको छ भने हरेक आइकनको तल त्यसको नाम राखिएको छ ।

पुरानो यूआईमा ड्याशबोर्डको सबैभन्दा माथि नै नागरिकबाट गर्न सकिने कामको व्यानर राखिएको थियो । नयाँ यूआईमा भने सबैभन्दा माथि 'रिसेन्ट सर्भिसेस' त्यसपछि 'पपुलर सर्भिसेस' राखिएको छ । अनि मात्र विज्ञापनको पोस्टरहरू राखिएको छ । पेजको अन्तिमतिर कम महत्त्वपूर्ण सेवाहरू देख्न सकिन्छ ।

नयाँ यूआईमा सबैभन्दा आकर्षक पक्ष भनेको डकुमेन्टको आईकनबाट आफ्ना सबै कागजात हेर्न सकिन्छ । त्यसबाहेक पनि ड्याशबोर्डमा राखिएका विभिन्न सेवाको आइकनबीचको दूरी, फन्ट, टेस्क्ट स्टाइल आकर्षक नै देख्न सकिन्छ ।  

तपाईँको डिभाइसमा नागरिक एपको यूआई पुरानै देखिरहेको छ भने एन्ड्रोइड प्रयोगकर्ताले प्लेस्टोर र आईओएस प्रयोगकर्ताले एप स्टोरबाट अपडेट गर्न सक्नुहुन्छ ।

एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

 

 

 

पछिल्लो अध्यावधिक: फागुन २१, २०७९ १५:७