close

‘फिनपोस’ मा जोडियो हाम्रो पे, अब विभिन्न शपिङ मलमा क्यूआरमार्फत भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

फागुन २९, २०७९

‘फिनपोस’ मा जोडियो हाम्रो पे, अब विभिन्न शपिङ मलमा क्यूआरमार्फत भुक्तानी गर्न सकिने

काठमाडौं । हाम्रो पात्रोले सञ्चालनमा ल्याएको वालेट 'हाम्रो पे'ले फिनपोस सपोर्ट गर्ने भएको छ । योसँगै हाम्रो पात्रोको डिजिटल भुक्तानी प्लेटफर्म 'हाम्रो पे' बाट नेपालपे आबद्ध फिनपाेसमा क्यूआर स्क्यान गरेर भुक्तानी गर्न सकिनेछ ।

सिटी टेक ग्लोबलले तयार पारेको फिनपोस विभिन्न होटेल, मार्ट, शपिङ मार्टमा उपलब्ध हुन्छ । उक्त डिभाइसमा रहेको नेपाल पेको क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिने हाम्रो पेका सीईओ शिशिर पोखरलेले जानकारी दिए । फागुन ६ गते सार्वजनिक भएको हाम्रो पेमा करिब ८० हजार प्रयोगकर्ता पुगिसकेका छन् ।

फागुन १३ गते मात्र हाम्रो पे 'नेपाल पे' क्यूआरमा आबद्ध भएको थियो । एनसीएचएलले नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड अनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्यूआर सञ्चालन गरिरहेको छ । यसमा हालसम्म दुई लाख बढी मर्चेन्ट पुगिसकेको एनसीएचएलले जनाएको छ ।

पछिल्लो अध्यावधिक: फागुन २९, २०७९