close

अब वर्ल्डलिङ्ककै वेबसाइटबाट नयाँ इन्टरनेट खरिद गर्न मिल्ने, ग्राहकलाई टिभी जित्ने अवसर

टेकपाना टेकपाना

फागुन २९, २०७९

अब वर्ल्डलिङ्ककै वेबसाइटबाट नयाँ इन्टरनेट खरिद गर्न मिल्ने, ग्राहकलाई टिभी जित्ने अवसर

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कले वेबसाइटबाटै आफ्नो इन्टरनेट जडान गर्न चाहने ग्राहकका लागि सेवा दिने भएकाे छ । यसका लागि कम्पनीले वेबसाइटमा नयाँ इन्टरफेस थपेकाे छ । जसअन्तर्गत वर्ल्डलिङ्कको वेबसाइटबाट इन्टरनेट प्याकेजको फारम भर्न, शुल्क तिर्न र जडान हुने मिति थाहा पाउन सकिन्छ ।

यस्ताे सेवा नेपालमै पहिलो पटक ल्याएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार वेबसाइटबाट विभिन्न प्याकेजका नयाँ इन्टरनेट जडान गर्न सकिन्छ । यसअघि नयाँ इन्टरनेट जडानका लागि वेबसाइटमा भएको फारम भरी आवेदन दिनुपर्थ्याे ।

आवेदन दिएपछि कम्पनीले ग्राहक पुष्टि गर्न सम्पर्क गर्थ्यो । त्यसपछि केही प्रक्रिया पुर्‍याएर इन्टरनेट जडानको काम सुरु हुन्थ्यो । यो लामो प्रक्रियालाई कम गर्न कम्पनीले नयाँ सुविधा सहितको वेबसाइट तयार पारेको जनाएको छ ।

कम्पनीले वेबसाइटबाटै नयाँ इन्टरनेट जडान गर्ने ग्राहकका लागि विभिन्न अफर पनि ल्याएको छ । यसअन्तर्गत ग्राहकले हरेक हप्तामा सम्पूर्ण इन्टरनेट शुल्क क्याशब्याक पाउन सक्नेछन् । त्यस्तै मासिक स्मार्ट टिभी जित्नसक्ने कम्पनीले जनाएकाे छ ।

नयाँ इन्टरनेट जडानका लागि आवेदन दिने तरिका ?

-   सबैभन्दा पहिले यहाँ क्लिक गरेर वर्ल्डलिङ्ककाे वेबसाइटमा जानुहोस् ।

-   त्यसपछि आफूलाई उपयुक्त हुने प्लान छान्नुहोस् ।

-   यति गरेपछि तल रहेको 'बाइ प्लान ' (Buy Plan) अप्सनमा क्लिक गर्नुहोस् ।

-   अनि आफ्नो गुगल अकाउन्टबाट वा नाम, ईमेल र फोन नम्बर राखेर 'रजिस्टर' अप्सनमा क्लिक गर्नुहोस् ।

यति गरेपछि वर्ल्डलिङ्कको अर्डर गर्ने पेज खुल्छ । अनि तपाईँले कम्पनीका लागि नयाँ इन्टरनेट जडान गर्न लाग्नुभएको वा व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्ने अप्सन छान्नुहोस् । यति गरेपछि बिलिङ एड्रेसमा आफू बस्ने ठाउँको नाम राख्नुहोस् ।

-   त्यसपछि इन्स्टलेसन इन्फरमेसनको सेक्सनमा सबैभन्दा माथि आफ्नो नजिकको ब्रान्च छान्नुहोस् ।

-   अनि, त्यसभन्दा तल रहेको 'इन्स्टलेसन डेट'को अप्सनमा आफूलाई अनुकूल हुने मिति छान्नुहोस् ।

-   त्यसभन्दा तल, कति बजेदेखि कति बजेसम्मको समय राख्ने हो त्यो छान्नुहोस् ।

-   इन्स्टलेसन एड्रेसको अप्सनमा आफ्नो ठाउँको नाम राख्नुहोस् ।

-   सम्भव भए 'गुगल म्याप यूआरएल'मा आफ्नो घरको गुगल म्याप लिङ्क राख्नुहोस् ।

-   अनि 'प्रोसिड टु पेमेन्ट' अप्सनमा क्लिक गर्नुहोस् ।

-   भुक्तानी गर्नका लागि खल्ती वा ईसेवामध्ये एउटा अप्सन छान्नुहोस् ।

-   अनि भुक्तानी गर्नुहोस् । यति गरेपछि तपाईँले भनेको मितिमा तपाईँको घरमा इन्टरनेट जडान हुन्छ ।

भुक्तानी गर्दा खल्तीको अप्सन रोज्नुभयो भने वार्षिक भुक्तानीमा हजार रुपैयाँ क्याशब्याक, छ वा तीन महिनाको भुक्तानीमा पाँच सय रुपैयाँ छुट पाउन सकिने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: फागुन २९, २०७९