close

यसरी पढ्नुहोस् लिङ्कडइनमा एआईको निशुल्क कोर्ष

टेकपाना टेकपाना

चैत ५, २०७९ १६:३४

यसरी पढ्नुहोस् लिङ्कडइनमा एआईको निशुल्क कोर्ष

काठमाडौं । व्यावसायिकताको लागि निकै नै महत्त्वपूर्ण मानिएको लिङ्कडइनले ३० असार, २०८० सम्मका लागि १०० ओटा एआई कोर्षहरु निशुल्क उपलब्ध गराउने भएको छ । एआईमा रूची भएकाहरुको काम र करियरमा मद्दत गर्न लिङ्कडइनले यी कोर्षहरु निशुल्क उपलब्ध गराउने भएको हो ।  

एक ब्लग पोष्ट गर्दै लिङ्कडइन लर्निङका कन्टेन्ट स्ट्राटेजी प्रमुख डेन ब्रोडनिट्जले यो कुराको जानकारी दिएका हुन् । पछिल्लो समयमा आईटीका शैक्षिक कार्यक्रमहरु परिमार्जन गर्दा थपिएका विषय मध्ये एआई पनि एक हो । 

नेपालमा अध्यापन गराइने धेरै आईटी कोर्षमा एआईका विषय थपिएका छन् । अहिलेको प्रविधिमा भइरहेको परिवर्तनमा एआईको ठूलो भूमिका रहेको छ । यसकारण स्नातक वा स्नातकोत्तर तहमा आईटी अध्ययनरत विद्यार्थीका लागि लिङ्कडइनको यो निशुल्क कोर्ष उपयोगी हुनसक्छ । 

निशुल्क उपलब्ध गराइएको एआई कोर्षमा जेनेरेटिभ एआई (Generative AI), मसिन लर्निङ, रेस्पोन्सिबल एआई, एड्भान्स्ड एआई (advanced AI), एप्लाइड एआई (Applied AI) जस्ता कोर्ष रहेका छन् ।

निशुल्क उपलब्ध गराइएका ती कोर्षहरु सात भाषामा उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यस्तै आगामी दिनहरुमा थप कोर्षहरु थप्ने डेन ब्रोडनिट्जले ब्लगमा उल्लेख गरेका छन्  ।

निशुल्क रूपमा उपलब्ध गराइको कोर्ष अध्ययन गर्न यहाँ क्लिक गर्नुहोस् । 

उपलब्ध कोर्षहरू मध्ये आफूलाई रुची भएको कोर्षमा क्लिक गरेर पढाई सुरु गर्न सक्नुहुन्छ । साथै तपाईँले ती कोर्षहरु कोर्षका प्रकार (अडियो/भिडिओ), लेभल, समय आदिका आधारमा पनि फिल्टर गरेर पढ्न सक्नुहुन्छ ।

 

पछिल्लो अध्यावधिक: चैत ५, २०७९ १६:३६