close

विद्युतीय कार निर्माणमा अर्बौं डलर लगानी गर्दै मर्सिडिज

टेकपाना टेकपाना

चैत ६, २०७९ ११:५१

विद्युतीय कार निर्माणमा अर्बौं डलर लगानी गर्दै मर्सिडिज

काठमाडौं । कार्बन उत्सर्जनलाई कम गर्नका लागि विद्युतीय सवारी निर्माण गर्ने बताएको कम्पनी मर्सिडिजले विभिन्न देशका प्लान्टहरूलाई अपग्रेड गर्नको लागि अर्बौं डलर लगानी गर्ने योजना बनाएको छ । 
रोयटर्समा प्रकाशित एक लेखका अनुसार कम्पनीले चीन, जर्मनी र हंगेरीमा भएको आफ्नो प्लान्टलाई आधुनिकीकरण गर्न अर्बौं डलर लगानी गर्ने भएको हो । 

युरोपेली युनियन (ईयू) ले सन् २०३५ सम्ममा एउटा कारबाट उत्पन्न हुने कार्बन उत्सर्जनलाई सन् २०२० को तुलनामा करिब ५० प्रतिशत कम गर्ने लक्ष्य राखेको छ । 

यही सन्दर्भमा मर्सिडिजले पनि यो दशकको अन्तिम सम्ममा पूर्ण रुपले विद्युतीय सवारीमात्र निर्माण गर्ने कम्पनी बन्ने योजना बनाएको छ ।

रोयटर्सका अनुसार कम्पनीले आफ्नो कार निर्माण गर्ने प्लान्टहरू विस्तार गर्नका लागि कम्पनीले अर्बौं डलर लगानी गर्दैछ । कम्पनीले अबको केही महिनामा नै आफ्नो जर्मनीको प्लान्टमा काम सुरु गर्ने जनाएको छ । 

कम्पनीले आफ्नो अमेरिकाको प्लान्टलाई पनि विस्तार गर्ने योजना बनाइरहेको छ । 

पछिल्लो अध्यावधिक: चैत ६, २०७९ १२:२५