close

नेपाल कल गर्दा लाग्ने शुल्क घटाउन भारत सकारात्मकः मन्त्री शर्मा

टेकपाना टेकपाना

चैत ११, २०७९ १०:८

नेपाल कल गर्दा लाग्ने शुल्क घटाउन भारत सकारात्मकः मन्त्री शर्मा

काठमाडौं । भारतबाट नेपालमा गरिने टेलिफोनको शुल्क घटाउन भारत सकारात्मक देखिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन् ।

भारत भ्रमणा सकेर शुक्रबार स्वदेश फर्किएकी मन्त्री शर्माले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै टेलिफोनको महसुल दर घटाउन भारत सकारात्मक रहेको जानकारी दिइन् ।

अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयू) को क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रममा सरिक हुन गएकी मन्त्री शर्माले त्यहाँ रहदाँ भारतका सञ्चार राज्यमन्त्री लगायत अन्य अधिकारीसँग भेट गरेकी थिइन् ।

नेपालबाट भारतमा टेलिफोन गर्दा शुल्क कम भएपनि भारतबाट टेलिफोन गर्दा निकै महँगो हुने गरेको विषय उठाउँदै उनले शुल्क परिमार्जन गर्न प्रस्ताव गरेको र यस विषयमा भारत सकारात्मक रहेको उनले बताइन् ।

साथै भारतमा रहेका नेपालीले सिमकार्ड लिन भोग्नुपरेको समस्यालाक्षर्् समाधान गर्न पनि आग्रह गरेको उनले सुनाइन् । साथै नेपालमा अन्य भारतीय नाकाबाट इन्टरनेट ब्यान्डविथ भित्र्याउन पनि आफूले अनुरोध गरेको उनले उल्लेख गरिन् ।

पछिल्लो अध्यावधिक: चैत ११, २०७९ १०:८