close

हुन्डाईको नयाँ वर्ष अफर, विद्युतीय कार खरिदमा ५ लाखसम्मको नगद छुट

टेकपाना टेकपाना

चैत १३, २०७९ १२:१५

हुन्डाईको नयाँ वर्ष अफर, विद्युतीय कार खरिदमा ५ लाखसम्मको नगद छुट

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले आउँदै गरेको नयाँ वर्ष २०८० को अवसरमा आफ्ना ग्राहकहरूका लागि नयाँ अफर लिएर आएको छ । 

“हुन्डाईसँग नयाँ वर्ष २०८०” योजना अन्तर्गत कम्पनीको कुनै पनि विद्युतीय सवारी खरिदमा विभिन्न छुट पाउन सकिनेछ । आजबाट सुरु भएको यो अफरमा कुनै पनि नयाँ हुन्डाईका विद्युतीय गाडी, कोना र आयोनिक फाइभ खरिद

गर्दा ५ लाख रुपैयाँ सम्मको नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा २ लाख रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन् । साथै नयाँ वर्ष बोनसको रुपमा ८० हजार रुपैयाँसम्म र एक्सचेन्ज बोनस स्वरुप ८० हजारसम्म छुट पाउन सक्नेछन् ।

यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पनि पाउनेछन् । 

सबै हुन्डाई गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानी पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
 

पछिल्लो अध्यावधिक: चैत १३, २०७९ १२:१५