close

आफ्ना फेसबुक गतिविधि सीमित व्यक्तिले मात्र देखुन् भन्ने चाहनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

चैत १३, २०७९ ११:५

आफ्ना फेसबुक गतिविधि सीमित व्यक्तिले मात्र देखुन् भन्ने चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक आफूलाई अभिव्यक्त गर्ने माध्यम पनि हो । जहाँबाट हामी हाम्रा विचार, धारणा वा आफ्ना दैनिक गतिविधिहरू शेयर गर्न सक्छौँ । 

आफ्ना विचार राख्ने माध्यम भएपनि कहिलेकाही हामी हाम्रा सामाजिक सञ्जालका गतिविधि केही सीमित व्यक्तिले मात्र थाहा पाउन् भन्ने चाहेका हुन्छौं ।

साथै आफ्नो गोपनीयता सुरक्षित राख्नका लागि पनि पोस्ट सीमित गर्न आवश्यक छ । यदि तपाईँ आफ्ना नजिकका मानिसहरूले मात्र आफूलाई सम्पर्क गरून् वा आफ्ना पोस्ट हेरून् भन्ने चाहनुहुन्छ भने तलको प्रक्रिया अपनाउनुहोस् ।

१) पोस्ट प्राइभेसीमा राख्नुहोस्:

तपाईँले फेसबुकमा अपलोड गर्ने पोस्ट कसलाई देखाउने वा कसलाई नदेखाउने भनेर छान्ने विकल्प हुन्छ । यसो गर्दा तपाईँले शेयर गरेका पोस्ट, फोटो, लिङ्क वा अन्य सामग्री सीमित व्यक्तिहरूले मात्र देख्न सक्छन् । 

शेयर गरिएका हरेक पोस्टमा 'पोस्ट अडियन्स'को अप्सन हुन्छ । यदि तपाईँले पोस्ट पब्लिकमा राख्नु भएको छ भने जोकोहीले तपाईँका पोस्टहरू देख्न सक्छन् । 

यदि 'फ्रेन्ड्स’ को अप्सन छान्नु भएको छ भने तपाईँसँग एड भएका व्यक्तिले मात्र तपाईँको पोस्ट देख्न, लाइक, कमेन्ट वा शेयर गर्न सक्छन् । पोस्ट अडियन्स छान्नका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

-   सबैभन्दा पहिले आफ्नो फेसबुक पोस्टमा जानुहोस् ।

-   त्यसपछि माथि दायापट्टि रहेको तीन ओटा थोप्लोमा ट्याप गर्नुहोस् ।

-   यति गरिसकेपछि 'एडिट प्राइभेसी'को अप्सनमा दबाउनुहोस् ।

-   र, त्यहाँ देखाइएका मध्ये कुनै एक अप्सन छान्नुहोस् ।

२) फेसबुकमा तपाईँको अकाउन्ट सीमित व्यक्तिले मात्र भेटाउन सक्ने बनाउनुहोस्;

सामान्यतः हाम्रो फेसबुक अकाउन्ट भिजिबल (सबैले देख्ने किसिमको) नै हुन्छ । अर्थात् हाम्रो नाम सर्च गर्ने जोकोहीले हाम्रो फेसबुक अकाउन्ट भेटाउन सक्छन् । यदि तपाईँ सबै व्यक्तिले तपाईँलाई फ्रेन्ड रिक्वेस्ट पठाउन नसकुन् भन्ने चाहनुहुन्छ भने तलको प्रक्रिया अपनाउनुहोस् ।

-   सबैभन्दा पहिले फेसबुक खोलेर त्यसको सेटिङमा जानुहोस् ।

-   त्यसपछि 'अडियन्स एन्ड भिजिबिलिटी'को अप्सनमा दबाउनुहोस् ।

-   अनि 'हाउ पिपुल क्यान फाइन्ड एन्ड कन्ट्याक्ट यु' (How people can find and contact you) को अप्सनमा गएर कसले फ्रेन्ड रिक्वेस्ट पठाउने, कसले फ्रेन्ड लिस्ट हेर्न पाउने, कसले ईमेल तथा फोन नम्बर हेर्न पाउने भन्ने कुरा सेट गर्नुहोस् ।

३)मेसेजिङ प्राइभेसी परिवर्तन गर्नुहोस्:

फेसबुकले मेसेन्जरलाई पनि छुट्टै एप बनाएको छ । जसले गर्दा तपाईंले फेसबुक एप प्रयोग नगरी मेसेन्जर एप मात्र पनि प्रयोग गर्न सक्नुहुन्छ । एप छुट्टै भएकाले यसमा मेसेन्जर प्राइभेसीको पनि छुट्टै फिचर रहेको छ ।     

तपाईंले आफूलाई चित्त नबुझेका व्यक्तिहरूलाई मेसेन्जरमा ब्लक वा मेसेज रेस्ट्रिक्ट गर्न सक्नुहुन्छ । अनावश्यक व्यक्तिले मेसेज पठाएर हैरान पारेको छ भने पनि यसरी ब्लक वा रेक्स्ट्रिक्ट गर्न सक्नुहुन्छ ।

४) फेसबुक ब्लक

माथिका सबै प्रक्रिया अपनाउँदा पनि तपाईँलाई अनावश्यक व्यक्तिले मेसेज पठाएका छन् वा तपाईँको पोस्टमा कमेन्ट गरेर हैरान पारिरहेका छन् भने सोझै फेसबुकमा ब्लक गर्न सक्नुहुन्छ । यसो गर्दा सो व्यक्तिले आफ्नो अकान्टबाट तपाईँको फेसबुकका गतिविधि नियाल्न पाउँदैन । यसरी विभिन्न तरिकाहरू अपनाएर फेसबुकमा आफूलाई सिमित व्यक्तिहरू माझ प्रस्तुत गर्न सक्नुहुन्छ ।

आफ्ना लागि फेसबुकलाई सुरक्षित स्थान बनाउनुहोस्:

फेसबुक सर्वाधिक बढी प्रयोग हुनेमध्येको प्रमुख एप हो । विश्वभरका मानिसहरूको पहुँचमा यो एप हुने भएकाले सधैं यस प्लेटफर्ममा सुरक्षित अनुभव नहुन सक्छ । त्यसैले आफूलाई सीमित व्यक्तिहरूमाझ राख्नुहोस् । अपरिचित तथा नौला मानिसहरूलाई नबुझेर एड नगर्नुहोस् । अनावश्यक व्यक्ति एड गर्दा तपाईँका फोटो प्रयोग गरेर नक्कली अकाउन्ट बनाउनेहरू धेरै हुन्छन् । त्यसैले सामाजिक सञ्जालमा आफ्नो गोपनीयता सुरक्षित राख्नुपर्छ ।  

 

 

पछिल्लो अध्यावधिक: चैत १३, २०७९ ११:५