close

बुधबार आधा घण्टासम्म ईसेवा नचल्ने

टेकपाना टेकपाना

चैत १३, २०७९ १८:३३

बुधबार आधा घण्टासम्म ईसेवा नचल्ने

काठमाडौं । चैत १५ गते बुधबार डिजिटल वालेट ईसेवाको सेवा अवरुद्ध हुने भएको छ । दोस्रो चरणको डेटावेस अपग्रेडका लागि करिब आधा घण्टा सेवा अवरुद्ध हुने भएको हो ।

कम्पनीका अनुसार बुधबार बिहान ३ बजेदेखि साढे ३ बजेसम्म ईसेवाको सम्पूर्ण सेवाहरू अवरुद्ध हुनेछन् ।

"ईसेवाको दोस्रो चरणको डेटा भर्सन अपग्रेड (2nd Phase Database Version Upgrade) सम्बन्धी कार्य गर्नका लागि मिति २०७९ चैत्र १५ गते, बुधबार बिहान ३:०० बजे देखि ३:३० बजे सम्म इसेवाका सम्पूर्ण सेवाहरू अवरुद्ध हुनेछन्," कम्पनीको सूचनामा भनिएकाे छ ।

पछिल्लो अध्यावधिक: चैत १३, २०७९ १८:३३