close

फिनटेक फ्राइडेः सीमारहित बैंकिङबारे प्रस्तुति दिँदै बालकृष्ण जोशी, यसरी गर्नुहोस् रजिस्ट्रेसन

टेकपाना टेकपाना

चैत १४, २०७९ १९:२

फिनटेक फ्राइडेः सीमारहित बैंकिङबारे प्रस्तुति दिँदै बालकृष्ण जोशी, यसरी गर्नुहोस् रजिस्ट्रेसन

काठमाडौं । फिनटेक फ्राइडेको आगामी कार्यक्रममा मचनेटका सहसंस्थापक बालकृष्ण जोशीले प्रस्तुति दिने भएका छन्  । राजधानीमा यही अप्रिलको पहिलो शुक्रबार (७ अप्रिल) का दिन हुने कार्यक्रममा जोशीले सीमा रहित बैंकिङ विषयमा आफ्नो प्रस्तुति दिने भएका हुन् ।

फिनटेक अलायन्स नेपालले फिनटेक अर्थात वित्तीय प्रविधिका विविध विषयमा चर्चा परिचर्चा, सहकार्य, ज्ञान तथा अनुभव आदानप्रदानको रुपमा यही मार्चदेखि फिनटेक फ्राइडे आयोजना गर्न सुरु गरेको हो । हरेक महिनाको पहिलो शुक्रबार आयोजना हुने यो कार्यक्रममा तपाईं पनि सहभागी बन्न सक्नु हुनेछ ।

तर यसका लागि तपाईंले यहाँ क्लिक गरी रजिस्टर गराउनु पर्ने हुन्छ । सहभागीहरूका लागि सिट सीमित रहेकाले सुरुमा दर्ता गर्नेहरूलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ ।  

पछिल्लो अध्यावधिक: चैत १४, २०७९ १९:२