close

३२० किलोमिटर रेन्ज दिने एमजी जेडएस ईभीको मूल्य कति होला ?

टेकपाना टेकपाना

चैत १४, २०७९ १८:४६

३२० किलोमिटर रेन्ज दिने एमजी जेडएस ईभीको मूल्य कति होला ?

काठमाडौं । मोरिस ग्यारेज (एमजी) ले आज 'एमजी जेडएस ईभी' को स्ट्यान्डर्ड रेन्ज मोडेलको मूल्य सार्वजनिक गर्ने भएको छ । कम्पनीले साँझ ७ बजे याे कारकाे मूल्य सार्वजनिक गर्न लागेको हो ।

कारको बुकिङ पनि आजैबाट खुला हुने अनुमान गरिएको छ । यद्यपि कम्पनीले अहिलेसम्म बुकिङ सुरु गर्ने विषयमा स्पष्ट जानकारी दिएकाे छैन ।

यसअघि जेडएस ईभीकै लङ रेन्जको मूल्य सार्वजनिक गरिएको थियाे । नेपाली बजारमा लङ रेन्जको मूल्य ८१ लाख ९९ हजार तोकिएको छ ।

स्ट्याण्डर्ड रेन्ज मोडेलमा १०० किलोवाटको मोटर रहेको छ । साथै ५१.१ किलोवाट प्रतिघण्टा ब्याट्री क्षमता भएको यो गाडीले ३२० किलोमिटर रेन्ज दिन्छ । 

यो कार १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुन ३६ मिनेट लाग्ने बताइएको छ । कारको मूल्य ५० लाख हारहारीमा हुने अनुमान छ ।

 

पछिल्लो अध्यावधिक: चैत १४, २०७९ १९:४६