close

नेपालीले विकास गरेको फिनटेकः विनिमय दर फरक नपर्ने, सस्तोमा विदेशबाट पैसा भित्र्याउन मिल्ने

बैशाख ८, २०८१ ७:४२

नेपालीले विकास गरेको फिनटेकः विनिमय दर फरक नपर्ने, सस्तोमा विदेशबाट पैसा भित्र्याउन मिल्ने

 

जुनो नेपाली फिनटेक क्षेत्रमा विकास गरिएको एउटा पछिल्लो इनोभेसन हो । यसले अन्तरदेशीय बैंकिङ तथा भुक्तानीलाई सहज बनाउँछ । अहिले स्विफ्ट, कार्ड र दुई देशको मनि ट्रान्सफर तथा बैंकको सम्झौताका आधारमा अन्तरदेशीय भुक्तानी भइरहेको छ । 

यी तिनै माध्यमले कोभिड महामारीसम्म राम्रैसँग काम गरिरहेका थिए । तर कोभिडपछि हामी विश्वव्यापीकरणको नयाँ चरणमा प्रवेश गर्‍यौं । जसलाई कतिपयले इन्डस्ट्री ४.० औद्योगिक क्रान्ति तथा विश्वव्यापीकरणको चौथौं संस्करण पनि भन्ने गर्छन् । यस औद्योगिक क्रान्तिका एआई, जलवायु परिवर्तन र सीमा रहित अर्थतन्त्र गरी तीन ‌ओटा खम्बा छन् । । 

यी मध्ये सीमा रहित अर्थतन्त्र पछाडिको कारण प्रविधिमा भएको विकास नै हो । यसका साथै कोभिड कालमा अवरुद्ध भएको अर्थतन्त्रलाई पनि कारण मान्न सकिन्छ । त्यो कारणले हामीलाई एकैचोटि दश वर्ष अगाडि ल्याइदिएको छ । यदि महामारी नआइदिएको भए जुनो दश वर्षपछि मात्र आउन सक्थ्यो ।

सामान्य अवस्थामा विदेशबाट पठाइएको पैसा नेपालमा आइपुग्न ६/७ चरण पूरा गर्नु पर्छ । कारण स्वरूप पैसा समयमा आइपुग्दैन । त्यसले विनिमय दरमा असर पर्न तथा अन्य जोखिम बढ्न सक्छ । यो समस्याको समाधान गरी समतामूलक सीमा रहित अर्थतन्त्र विकास गर्न जुनो तयार पारिएको हो ।

खासमा जुनोलाई धेरै पछिका लागि मैले सोचिरहेको थिएँ । तर महामारीका कारण मैले अहिले नै गर्नुपर्ने निष्कर्षमा पुगें । त्यसपछि हामीले संसारकै पहिलो अन्तरदेशीय अन्तरमुद्रा (क्रस-करेन्सी) रिक्वेट टु पे प्रोटोकल लिएर आयौं । 

मलाई लाग्छ, जुनोले संसारलाई सीमा रहित तरिकाले जोड्न सक्छ ।

यसका लागि हामीले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) मा अमेरिकाको एउटा बैंकको एपीआई होस्ट गरेका छौं । त्यसो गर्नासाथ उताको आबद्ध बैंक र नेपालको लाभग्राही बैंक बिचमा सिधै पुल जस्तो सम्बन्ध स्थापित हुन्छ । 

त्यो पुलले नै नेपालमा पैसा पठाउँदा लाग्ने ६/७ ओटा चरण हटाउँछ । अर्थात् जुनोले दुई ओटा बैंकलाई जोड्ने काम गर्छ । यसले रेमिटेन्स मात्र नभएर सीमा रहित भुक्तानी र बैंकिङको सुरुआत पनि गरेको छ । 

आईआईडीएसका अनुसार नेपालमा साढे एक अर्ब डलरको प्रविधि उद्योग छ । जुन द्रुत गतिमा बढिरहेको क्षेत्र हो । यस भित्र सबैभन्दा ठूलो हिस्सा आउटसोर्सिङले ओगटेको छ । जसमा फ्रिल्यान्सरको भूमिका बढी हुन्छ । त्यस अर्थमा जुनोले ‘बिजनेस टु इन्डिभिजुअल पेमेन्ट’ (कुनै व्यावसायिक कम्पनीले व्यक्तिलाई गर्ने भुक्तानी) लाई पनि साथ दिन्छ ।

यसअघि एक देशबाट अर्को देशमा पैसा पठाउने काम निकै झन्झटिलो थियो । स्विफ्टमा त महिना दिन पनि लाग्न सक्छ । अझ लाग्ने अतिरिक्त शुल्क र विनिमय दरमा पर्ने प्रभावको पाटो बेग्लै छ । 

त्यसमाथि उक्त रकम कति खर्चमा आयो, कहिले आयो, कसरी आयो, भन्ने विषयमा पारदर्शिता हुँदैन । जसले पैसा पाउँछ, उसलाई पनि सम्पूर्ण विवरण थाहा हुँदैन । त्यसरी पैसा आउँदा उसको भूमिका पनि हुँदैन । 

जुनोमा भने अन्तरदेशीय भुक्तानीका लागि अनुरोध गर्ने क्रममा नै पाउने व्यक्तिले मुद्राको ‘खरिद दर’ लक गरेर रकम अनुरोध गर्न सक्छ । यो फिचर पनि विश्वमै पहिलो पटक प्रयोगमा आइरहेको छ । यो कम शुल्कमा पैसा पठाउने निकै सजिलो तरिका पनि हो । 

केही महिना भित्र जुनोले संसारकै पहिलो सब्सक्रिप्सनमा आधारित मनि ट्रान्सफर सुविधा सार्वजनिक गर्दै छ । यो मोडेल सार्वजनिक गर्न धेरैले कोसिस गरेता पनि सकिरहेका थिएनन् । नेपालमा पैसा पठाउनेले मासिक रूपमा निश्चित रकम तिर्छन् । अनि नेपालबाट असीमित भुक्तानी तथा ‘खरिद दर’मा लक गर्न सक्छन् । 

जुनो बैंकहरूको प्रतिस्पर्धी होइन । बरु बैंकलाई सशक्तीकरण गर्ने माध्यम हो । यसले दिइरहेको सेवा बैंक आफैंले दिनु असम्भव जस्तै छ । इजाजत, नियमन, नीति आदि समस्या उत्तिकै छन् । 

अन्तरदेशीय बैंकिङ सेवा सुरु भएपछि अमेरिकामा बसेकाले यसको नेटवर्कबाट नेपालमा फिक्स्ड डिपोजिट (मुद्दति निक्षेप) मा खाता खोल्न सक्छन् । नेपालका फ्रिल्यान्सरले अमेरिकाको बैंक अकाउन्ट खोल्न सक्छन् । जसलाई नियमन गर्ने नीति पनि आइसकेको छ, जुन चाँडै लागु हुँदैछ । 

अहिलेसम्म नेपालमा २० लाख बढी मर्चेन्टका क्यूआर जारी भइसकेका छन् । अब जुनोलाई पनि अन्तरदेशीय क्यूआर जारी गर्न कुनै समस्या हुँदैन । तर कम्पनीले क्यूआर कोड जारी गर्ने भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) सँग पनि प्रतिस्पर्धा गर्दैन ।

जुनोमा भने अन्तरदेशीय भुक्तानीका लागि अनुरोध गर्ने क्रममा नै पाउने व्यक्तिले मुद्राको ‘खरिद दर’ लक गरेर रकम अनुरोध गर्न सक्छ । यो फिचर पनि विश्वमै पहिलो पटक प्रयोगमा आइरहेको छ । यो कम शुल्कमा पैसा पठाउने निकै सजिलो तरिका पनि हो ।

जुनो त ‘ओपन’ एपीआई हो । यसमाथि बैंकले आफ्नो प्लेटफर्म बनाउन सक्छन् । अबको सात/आठ महिना भित्रमा नेपालका सबै बैंकहरू यो नेटवर्कमा जोडिन सक्छन् । विनिमय दर जुनोले निर्धारण गर्दैन । स्थानीय बैंकले नै निर्धारण गर्छन् ।  जुन ‘गेम चेन्जर’ हुन सक्छ । किनकी नेपाल आयातमा आधारित मुलुक हो । नेपाललाई ८५ प्रतिशत पैसा आयातका लागि चाहिन्छ । नेपालको आयात र निर्यातमा ठूलो अन्तर छ । डलरको किनबेचमा पनि ६० पैसाको अन्तर छ । 

जुनोले एकै पटक दुई ओटा बैंकलाई जोड्ने काम मात्र गर्छ । त्यसमाथि आवश्यक प्रडक्टहरू बनाउने काम वालेट कम्पनी र बैंकहरूको नै हुन्छ । 

 

प्रयोग गर्न सहज

यो सेवा कनेक्ट आईपीएसमा राखिएको छ । त्यहाँ ‘रिक्वेट टु यूएस’ भन्ने फिचर छ । नेपालमा रहेका ग्राहकले त्यसमा अमेरिकामा रहेको प्रेषकको ईमेल वा फोन नम्बर राखेर अनुरोध पठाउन सक्छन् ।

त्यसपछि ईमेल र लिङ्क अमेरिकामा भएको प्रेषक अर्थात पठाउने कहाँ जान्छ । त्यसपछि उसले जुनो डट सीओमा गएर केवाईसी भेरिफाई गर्नुपर्ने हुन्छ । त्यसक्रममा जुनोले उसको बैंक अकाउन्ट लिने काम गर्छौं । अब यति गरेपछि प्रेषकले पैसा पाउने व्यक्तिको विवरण स्वत: देख्छ । तर पैसा पठाउँदा नाम र बैंक अकाउन्टको विवरण भने मिलेको हुनुपर्छ । यसका साथै दुवै जनाको केवाईसी प्रमाणित भएको हुनुपर्छ ।

नेपालमा बसेर महिनाको दुई/तीन हजार डलर कमाउन सकियो भने कुनै युवा किन विदेश जान्छ होला ? त्यो युगको सुरुआत भइसकेको छ । युवाहरूले डिजिटल माध्यमबाट कमाएको पैसा ल्याउने बाटो तयार भएको छ ।

त्यस्तै आकर्षक फिचर भनेको पठाउने बैंकले कसले पैसा पाइरहेको छ र पैसा आउने बैंकले पनि कसले पठाइरहेको छ भनेर एकै समय (रियल टाइम) मा हेर्न सक्छन् । यो फिचर अन्तरदेशीय भुक्तानी सेवाको क्षेत्रमा पहिलो पटक ल्याइएको हो ।

 

सस्तो सेवा शुल्क 

विदेशबाट नेपालमा पैसा पठाउन थुप्रै मनि ट्रान्सफर कम्पनी छन् । शुल्कका लागि ती सबैको आआफ्नै दर छ । जुन सार्वजनिक रूपमा हेर्न सकिन्छ । औसतमा भने हजार डलर पठाउँदा त्यसको १० प्रतिशत शुल्क लाग्ने गर्छ । जुन तुलनात्मक रूपमा धेरै हो । जुनोले भने उनीहरूको शुल्कको तुलनामा ५०/६० प्रतिशतले कम गरेको छ । 

भविष्यमा भने कम्पनीले सब्सक्रिप्सन योजना ल्याउँदै छ । यदि ग्राहकले सब्सक्रिप्सन लिएको खण्डमा पैसा पठाउँदा कुनै पनि शुल्क लाग्ने छैन । जुनो एउटा सानो भाग हो । वास्तविक भुक्तानी गर्ने, डेलिभरी गर्ने जिम्मा बैंकहरूकै हो । त्यसबिचमा बसेर प्लम्बिङ गर्ने काम भने जुनोले गर्छ ।

 

विनिमय दर घटबढको चिन्ता नहुने

दु:खका साथ भन्नु पर्छ, ठुला मनि ट्रान्सफर कम्पनीहरूले ‘मिड मार्केट रेट’मा चर्को शुल्क राख्ने गर्छन् । विनिमय दर सधैं तलमाथि भइरहेको हुन्छ । त्यसो भइरहँदा निश्चित हुने मुद्राको मूल्यलाई ‘रियल एक्स्चेन्ज रेट’ भनिन्छ । उनीहरूले त्यही रियल एक्स्चेन्ज रेटको १० प्रतिशतसम्म सेवा शुल्क लिने गर्छन् । 

उनीहरूले आफ्नो फाइदा जोडेर मात्र  ‘मिड मार्केट रेट’ राखेका हुन्छन् । जस्तै आज ‘मिड मार्केट रेट’ १३३ छ भने कम्पनीले आफ्नो रेट १३१  राखिदिन्छ । भनेपछि उसले २ रुपैयाँ नाफा खाएको हुन्छ । त्यस अर्थमा मिडमार्केट रेट के थियो ? कति नाफा राख्यो ? कति पैसा नेपालमा दिइयो ? भन्ने कुरामा पारदर्शिता हुँदैन ।

केही महिना भित्र जुनोले संसारकै पहिलो सब्सक्रिप्सनमा आधारित मनि ट्रान्सफर सुविधा सार्वजनिक गर्दैछ ।

स्विफ्टमा पारदर्शिता छ । तर त्यसबाट पैसा पठाउँदा समय लाग्छ । तर जुनोमा भने डलरको मूल्य तलमाथि भए पनि भुक्तानी सिर्जना हुना साथ एक्स्चेन्ज रेट लक हुन्छ ।

अहिले जुनोमा दर्ता हुने ग्राहकको सङ्ख्या सात गुणाले बढेर गएको छ । मलाई लाग्छ, अन्तरदेशीय भुक्तानीमा विनियम दर निकै महत्त्वपूर्ण हुन्छ । जुनोले त्यसलाई न्याय गर्ने फिचर ल्याएका छ । यसले निकै राम्रोसँग काम गरेको छ ।

 

पठाएको पैसा आइपुग्न लाग्ने समय

जुनोले यूपीआई जस्तो रियल टाइममा भने काम गर्दैन । कनिकी त्यसो गर्दा जोखिम बढी हुन्छ । जुनोबाट पाँच मिनेट भित्रमा भुक्तानीको सबै प्रक्रिया सम्पन्न हुन सक्छ । 

अहिले कम्पनीले डेलिभरीका लागि दुई सेकेन्ड, उही दिन र तिन दिन गरी तिन ओटा विकल्प दिएको छ । रियल टाइम पेमेन्ट इन्टिग्रेड गरेपछि कारोबारको समय एक दिन हुन्छ । अहिले पनि २५ प्रतिशत भुक्तानी दुई देखि पाँच सेकेन्ड भित्र भइरहेको छ ।

 

अन्तरदेशीय भुक्तानीमा जुनोको महत्त्व

नेपाल भूपरिवेष्टित देश हो । हामीले विश्वलाई बेच्न सक्ने वस्तु/सेवा केके छन्; पर्यटन, जलविद्युत् ? तर यी भन्दा आजको युवा पुस्ताले स्थानीय रूपमा बसेर विश्वव्यापी काम गर्न सक्छन् । जुन नेपालले बेच्न सक्ने वस्तु तथा सेवा हो । 

अहिले कम्तीमा पनि दुई लाख बढी फ्रिल्यान्सर छन् । आज उनीहरूको अर्थतन्त्र तीन सय मिलियन डलरको छ । जुन पछि अर्बौं डलरमा बदलिन सक्छ । प्रविधिलाई लिएर हाम्रो देशको नयाँ  कथ्य बनिरहेको छ । त्यहाँसम्म पुग्न जुनोले सहयोग गर्छ । तर अहिले सजिलै पैसा लिने माध्यम नहुँदा कतिपय पैसा क्रिप्टोमा पनि गइरहेको छ । त्यस्तै अन्य माध्यमबाट नेपाल पैसा ल्याउँदा बढी शुल्क तिर्नु पर्छ । यी समस्याको एउटै समाधान जुनो नै हो ।

नेपालमा बसेर महिनाको दुई/तीन हजार डलर कमाउन सकियो भने कुनै युवा किन विदेश जान्छ होला ? त्यो युगको सुरुआत भइसकेको छ । युवाहरूले डिजिटल माध्यमबाट कमाएको पैसा ल्याउने बाटो तयार भएको छ । 

त्यस्तै कसैले नेपालको सामान अमेरिकामा भएको ग्राहकलाई बेच्न सक्छ । यसमा पनि समस्या भनेको भुक्तानीको हो । जुनोले यही समस्या समाधान गर्न सिस्टम डिजाइन गरेका हो । अमेरिकामा भएको ग्राहकले जुनो प्रयोग गरेर कम शुल्कमा भुक्तानी दिन सक्छ ।

त्यस्तै कसैले नेपालको सामान अमेरिकामा भएको ग्राहकलाई बेच्न सक्छ । यसमा पनि समस्या भनेको भुक्तानीको हो । जुनोले यही समस्या समाधान गर्न सिस्टम डिजाइन गरेका हो ।

सीमा रहित बैंकिङ र भुक्तानीमा नेपालले पूरा दक्षिण एसियामा नेतृत्व गर्न सक्छ । अन्तरदेशीय भुक्तानीमा नेपाललाई अर्को तहमा लान सक्छ ।  

मलाई लाग्छ, जुनोले संसारलाई सीमा रहित तरिकाले जोड्न सक्छ । र यसको सुरुआत भइसकेको छ । यसका लागि राष्ट्र बैंक सकारात्मक पनि छ । अहिले एउटा नीति आइसकेको छ; जहाँ प्रविधि कम्पनीले बाहिर शाखा कम्पनी खोल्न पाउने र त्यस्ता ठाउँमा आम्दानीको १० प्रतिशत खर्च गर्न पाउने व्यवस्था छ । तर जुनोले तयार पारेको आधारमा टेकेर नयाँ पुस्ताले के कस्तो भविष्य बनाउँछन्, त्यो उनीहरूमै भर पर्ने कुरा हो ।

 

अन्य देशमा विस्तारको योजना

जुनो भर्खरै सुरु भएता पनि अस्ट्रेलिया, युरोप, मलेसिया, जापानका मनि ट्रान्सफर कम्पनीहरू सम्पर्कमा आइसकेका छन् । ती देशहरूका क्लियरिङ हाउसमा एपीआई होस्ट गर्दिन्छौं । त्यसपछि क्लियरिङ हाउसको सदस्य बैंक/वालेट/पीएसओ कसले के सेवा दिन सक्छन्, त्यस अनुरूपका काम गर्छन् । 

फिनटेकको सबैभन्दा ठुलो समस्या ‘कस्टमर एक्विजिसन’ अर्थात ग्राहकको प्राप्ति र ‘कस्टमर रिटेन्सन’ अर्थात ग्राहकलाई टिकाइराख्नु हो । अहिले विश्वभर रहेका डिजिटल भुक्तानीका पूर्वाधार हेर्दा जसरी नेपालमा एउटा क्लियरिङ हाउस छ, उसै गरी अमेरिका, अस्ट्रेलिया लगायतका देशमा पनि छन् । जसमा सबै बैंक समेटिएका हुन्छन् । 

जुनो हामीले नेपालका लागि मात्र बनाएका होइनौं । यो त संसारभर सीमा रहित भुक्तानी र बैंकिङ सेवा सुरु गर्न डिजाइन गरिएको हो । हामीले यसका लागि अगाडि नै श्रीलङ्कामा प्रक्रिया अगाडि बढाइसकेका छौं । 

हाम्रो बिजनेस मोडेल  ‘नन ट्रान्जेक्सनल पेमेन्ट’लाई पनि केन्द्रित गर्छौं । अहिले वेस्टर्न युनियन लगायतकाले ‘ट्रान्जेक्सन’लाई मात्र केन्द्रित गरेको छ । हामी ‘अक्वायर’ गर्न चाहन्नौं । हामी ‘रिटेल’ गर्न चाहन्छौं । 

फिनटेक बैंकिङ प्रोडक्ट होइन । यो एक प्रकारको बैंकिङ र भुक्तानी अनुभव हो । आखिरमा डेबिट तथा क्रेडिट गर्ने हो । हामी त्यही भिन्न अनुभव दिन प्रयासरत कम्पनी हौं । अमेरिकाको बैंक लाइसेन्स न हाम्रो हो, न नेपालको बैंक लाइसेन्स नै हामीसँग हुन्छ । हामीले दुई देशका छुट्‌छुट्‌टै बैंक लाइसेन्सको बिचमा  एक तहको मिलन विन्दुको काम मात्र गरिरहेका हौं ।
 

अमेरिकाको पैसा अनलाइनबाट नेपाल | Secure Real-time Money Transfers from the USA with Xuno !

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८१ ७:४२