close

एनसीएचएलमा थप दुई सञ्चालक नियुक्त

टेकपाना टेकपाना

चैत १५, २०७९ १९:३१

एनसीएचएलमा थप दुई सञ्चालक नियुक्त

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को सञ्चालक समितिमा दुई नयाँ सञ्चालक नियुक्त भएका छन् ।

मंगलबार बसेको एनसीएचएलको २०६औँ सञ्चालक समितिको बैठकबाट वाणिज्य बैंकहरूका तर्फबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र स्वतन्त्र सञ्चालकका रुपमा अधिवक्ता जगदीश दाहाल सञ्चालकमा नियुक्त भएका हुन् ।

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थामार्फत प्रवर्द्धित यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एकजना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक-एक जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना गरी कूल सात जना रहने व्यवस्था छ ।

एनसीएचएलले राष्ट्रिय स्तरका भुक्तानी प्रणालीहरू स्थापना तथा सञ्चालन गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: चैत १५, २०७९ १९:४३