close

रोजगारीका लागि विदेश गएका नेपालीलाई निःशुल्क टेलिमेडिसिन स्वास्थ्य सेवा, लिने कसरी ?

टेकपाना टेकपाना

चैत १५, २०७९ २०:४८

रोजगारीका लागि विदेश गएका नेपालीलाई निःशुल्क टेलिमेडिसिन स्वास्थ्य सेवा, लिने कसरी ?

काठमाडौं । नेपालकै पुरानो अस्पताल वीर अस्पतालले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि टेलिमेडिसिन सेवा सुरु गरेको छ । पूर्ण रुपमा निःशुल्क रहेको यो सेवा बुधबारदेखि सुरु भएको हो ।

यससँगै रोजगारीका लागि विदेश गएका नेपाली श्रमिकले आवश्यकता अनुसार स्वास्थ्य सल्लाह, सुझाव र परामर्श प्राप्त गर्नसक्ने वैदेशिक रोजगार विभागले जनाएको छ । यो सेवा सार्वजनिक बिदाका दिन बाहेक नेपालको कार्यालय समयमा लिन सकिनेछ ।

यो सेवा लिन चाहने श्रमिकले भाइबर, ह्वाट्सएप तथा ईमोमार्फत ९८५१३४५७०१ र ९८५१३४५७०२ नम्बरमा फोन गर्न सक्नेछन् । टेलिमेडिसिनका अधिकृतले आएको कल उठाउनेछन् र उनीहरूलाई विशेषज्ञ सेवा आवश्यक परेमा टेलिमेडिसिन अधिकृतको सिफारिसमा आइतबार र शुक्रबार विशेषज्ञ सेवा दिइनेछ ।

सेवाग्राही श्रमिकलाई अनलाइनमार्फत प्रेस्क्रिप्सन उपलब्ध गराइनेछ । यसमा लाग्ने सम्पूर्ण खर्च वैदेशिक रोजगार बोर्डले व्यहोर्ने बताइएको छ ।  

पछिल्लो अध्यावधिक: चैत १५, २०७९ २०:४८