close

ग्रेटवाल मोटरका गाडी खरिद गर्नेलाई ५ लाखको छूट

टेकपाना टेकपाना

चैत १९, २०७९ १९:२०

ग्रेटवाल मोटरका गाडी खरिद गर्नेलाई ५ लाखको छूट

काठमाडौं । ग्रेट वाल मोटर (जीडब्लूएम) का गाडी खरिद गर्ने ग्राहकले पाँच लाख रुपैयाँसम्मको फाइदा पाउने भएका छन् । नेपालका लागि कम्पनीको आधिकारिक बिक्रेता भीजी इम्पेक्स प्रालिले नयाँ वर्ष २०८० को अवसरमा ‘हर्षमय नव वर्ष २०८०’ अफर ल्याएको हो ।

यो अफर नेपालभर १५ दिनसम्म लागू हुने छ । अफर अवधिमा खरिद गरिएका जीडब्लूएमका सबै मोडलका गाडीको खरिदमा पाँच लाख रुपैयाँ बराबरका आकर्षक नगद छुट, स्पेसल सेलिब्रेसन डिस्काउन्ट र अन्य आकर्षक अफरहरू रहेका छन् ।

हरेक जीडब्लूएम गाडीको खरिदमा निःशुल्क एक्सेसरिजका साथै स्ट्यान्डर्ड वारेन्टी, स्पट भ्यालुएसन र एक्सचेन्जको बोनस र तीन वर्षको निःशुल्क सर्भिस पनि उपलब्ध हुनेछ । ग्रेट वाल मोटर ग्लोबल इन्टेलिजेन्ट प्रविधि कम्पनी हो ।

विगत छ वर्षदेखि उक्त कम्पनीले हरेक साल १० लाखभन्दा धेरै गाडीहरु बिक्री गरिरहेको छ । जीडब्लूएमले आफ्ना गाडीहरू चीन बाहेकका ६० भन्दा धेरै देशमा बिक्री गरिरहेको छ । जीडब्लूएमका हाभलएच सिक्स, हाभल जोलायन, पावर र विङ्गल फाइभ जस्ता मोडल नेपालमा उपलब्ध छन् ।

पछिल्लो अध्यावधिक: चैत २३, २०७९ १४:२२