close

के हो अटो-जीपीटी ? किन छ यो ट्वीटर ट्रेन्डिङमा ?

टेकपाना टेकपाना

बैशाख २, २०८० १६:२३

के हो अटो-जीपीटी ? किन छ यो ट्वीटर ट्रेन्डिङमा ?

काठमाडौं । च्याटजीपीटी जस्ता जेनेरेटिभ एआई मोडेलहरूको क्षमताका कारण आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले निकै चर्चा पाइरहेको छ । एआई मोडेलका जोखिमका विषयमा विभिन्न अध्ययन भइरहेका छन् । यद्यपि एआई भने आफैंमा थप शक्तिशाली हुँदै गइरहेको छ । यसैको प्रतिफल हो अटो-जीपीटी ।

अहिले प्रविधिको दुनियाँमा च्याटजीपीटीको उदयसँगै अटो-जीपीटीको अभ्यास पनि सुरु भएको छ । अटो-जीपीटी मसिनमा आधारित त्यस्तो प्रविधि हो, जसले मानव-स्तरका बौद्धिक कार्यहरू गर्न सक्छ । एकपटक तालिम दिइसकेपछि यसले आफैं बुझ्न र आफैंलाई तालिम दिनसक्छ ।

गत मार्च ३० मा सार्वजनिक भएको अटो-जीपीटीले अहिले प्रविधिको दुनियाँमा नयाँ हल्ला मच्चाएको छ । अहिले ट्वीटरको ट्रेन्डिङमा पनि अटो - जीपीटी देख्न सकिन्छ । 

अटो-जीपीटी के हो ?

अटो-जीपीटी एक प्रयोगात्मक ओपन सोर्स एप्लिकेसन हो, जसले स्वतः कार्य गर्नसक्छ । यो जीपीटी-फोरमा आधारित प्रविधि हो । यसको अर्थ ,हो मानिसको संलग्नताबिना नै यसले धेरै काम गर्नसक्छ ।

मानिसको सानो तालिमले पनि यसले धेरै ठूला काम गर्न सक्ने बताइएको छ । साथै च्याटजीपीटीमा कसरी राम्रोसँग काम गर्न सकिन्छ भनेर पनि यसले सहयोग गर्नसक्छ ।

कसले बनायो अटो-जीपीटी ?

अटो-जीपीटीलाई पहिलोपल्ट गिटहबमा ‘सिग्निफिकन्ट ग्रेविटास’ नामक डेभलपरले ३० मार्चमा पोस्ट गरेका थिए । यद्यपि यो ओपनएआईको च्याटजीपीटीको सबैभन्दा नयाँ अपडेट जीपीटी-४ मा आधारित एप्लिकेसन हो । 

अटो-जीपीटीले के गर्न सक्छ ?

इन्टरनेटको पहुँचमा अटो-जीपीटीले लामो समय र छोटो-अवधिको मेमोरी व्यवस्थापन, जीपीटी फोरको लागि टेक्स्ट उत्पादन लगायत फाइल स्टोर र ठूला अनुच्छेदको सारांश बनाउने लगायतका काम गर्नसक्छ ।

तपाईँले च्याटजीपीटीलाई सोध्नसक्ने कुनै पनि कुरालाई सहयोग गर्छ । उदाहरणको लागि यदि तपाईँलाई कुनै ईमेल लेख्नु पर्नेछ । यसका लागि तपाईँ च्याटजीपीटी प्रयोग गर्दै हुनुहुन्छ ।

तर तपाईँले सोचेको जस्तो जवाफ आएको छैन भने तपाईँले अटो-जीपीटी प्रयोग गर्न सक्नुहुन्छ । यसले तपाईँलाई कस्तो प्रकारको प्रश्न सोध्दा तपाईँले चाहेको जस्तो जवाफ आउँछ भनेर सहयोग गर्नसक्छ । साथै यसले विभिन्न व्यवसायहरूलाई व्यवस्थापन गर्न वा सामाजिक सञ्जालमा मानिसहरूको पहुँच बढाउन मद्दत गर्दछ ।    

अटो-जीपीटी कसरी प्रयोग गर्न सकिन्छ  ? 

अटो-जीपीटीको बारेमा थाहा पाइसकेपछि पक्कै पनि यो कसरी प्रयोग गर्न सकिन्छ भनेर पनि जान्न मन लाग्छ । यो त्यति सहज भने छैन । च्याटजीपीटी जस्तो कुनै ब्राउजरमा गएर अटो-जीपीटी प्रयोग गर्न सकिदैँन । यसको लागि तपाईँले एउटा विशेष सफ्टवेयर डाउनलोड गर्नुपर्ने हुन्छ ।

यो आफ्नो सुरुवाती चरणमा नै रहेको कारण पनि यसलाई सबैले प्रयोग गर्न सक्दैन । अटो-जीपीटी प्रयोग गर्नको लागि भने पाइथन बुझ्न जरुरी हुन्छ । विशेषगरी पाइथन ३.८, ओपनएआई एपीआई की, पाइनकोन एपीआई की र इलेभेनल्याब्स की प्रयोग गर्न जान्नुपर्ने हुन्छ ।

यी सफ्टवेयरहरू इन्स्टल गरेपछि गिटहबमा उपलब्ध भएको पोस्टमा गएर त्यहाँ दिइएको निर्देशन अनुसार काम गर्दै जानुहोस् । अटो-जीपीटी प्रयोगको लागि उपलब्ध पोस्ट हेर्न यहाँ क्लिक गर्नुहोस् ।

अटो-जीपीटी किन आयो ट्वीटरको ट्रेडिङमा ?

अहिले अटो-जीपीटी ट्वीटरकी ट्रेडिङमा छ । मानिसहरू सबै यसले के गर्न सक्छ र एआईको भविष्यमा यसको कस्तो योगदान रहनेछ भन्ने विषयमा ट्वीटरमा छलफल सुरु भएको छ । अटो-जीपीटीको विषयमा सबैजना आफ्नै तर्क दिइरहेका छन् ।

अटो-जीपीटीले मानिसहरूले जस्तै आफैले काम गर्नसक्ने क्षमता राख्छ । यो स्वचालित प्रविधि हो । त्यसकारण पनि मानिसहरूले अटो-जीपीटीलाई अबको आर्टिफिसियल जेनरल इन्टलिजेन्स (एजीआई) को भविष्यको रुपमा पनि व्याख्या गरिरहेका छन् । 

एआई र एजीआईबीच के भिन्नता छ ?

सरल शब्दमा भन्नुपर्दा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एक व्यापक शब्द हो जसले कम्प्युटर प्रणालीहरूलाई बुझाउँछ जसलाई प्रयोग गर्नको लागि मानिसको नै आवश्यकता पर्छ ।

त्यस्तै आर्टिफिसियल जेनरल इन्टेलिजेन्स (एजीआई) ले भने त्यस्तो एआईलाई जनाउँछ जसले मानिसले जस्तै आफ्नो प्रक्रिया, तर्क र बुद्धि प्रयोग गरेर कामहरू गर्नसक्छ ।

च्याटजीपीटी र अटो-जीपीटीमा कुन राम्रो ? 

च्याटजीपीटी धेरै नै सक्षम च्याटबट हो तर यो अझै पनि च्याटबट मात्र हो । मानिसले दिएको निर्देशनको आधारमा मानिसले नै पहिले दिएको तालिम अनुरुप यसले मानिससँग अन्तरक्रिया गर्छ । यो यही प्रतिक्रियामा नै सीमित छ । त्यसकारण यसले जति नै अद्भुत काम गरेपनि मानिसको निर्देशनमा मात्र काम गर्नसक्छ ।  

अटो-जीपीटीको क्षमता भने योभन्दा धेरै पर छ । उदाहरणको लागि तपाईँले आफूलाई थाहा नै नभएको विषयमा कुनै एउटा कुरा अटो-जीपीटिमा राख्नु भयो भने यसले आफैँले तपाईँको लागि इन-डेप्थ जानकारी दिनसक्छ । उदाहरणको लागि तपाईँले एप विकासको लागि सोध्नुभयो भने यसले तपाईँलाई एउटा एप नै तयार गरेर दिनसक्छ । 

पछिल्लो अध्यावधिक: बैशाख २, २०८० १७:२२