काठमाडौं । मेसेजिङ एप ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताहरूको लागि नयाँ फिचर ल्याएको छ । अब प्रयोगकर्ताले डिसअपेरिङ मेसेज अर्थात् पढेको केही क्षणमा नै स्वत: हट्ने मेसेज सेभ गर्न सक्नेछन् ।
'किप इन च्याट' नाम दिइएको अप्सन प्रयोग गरेर प्रयोगकर्ताले डिसअपेरिङ मेसेज सेभ गर्न सक्नेछन् ।
यसको लागि आफूलाई प्राप्त भएको मेसेजमा लामो समयसम्म होल्ड गर्नुहोस् । यसपछि स्क्रिनको सबैभन्दा माथि पपअप हुने अप्सनहरूमा बुकमार्कको अप्सन देख्नुहुनेछ । उक्त बुकमार्कमा क्लिक गर्नुहोस् ।
यसरी तपाईँको मेसेज सेभ हुनेछ । पछि मेसेज हेर्नको लागि केप्ट मेसेजमा क्लिक गरेर हेर्न सकिनेछ । यदि तपाईँ उक्त मेसेजलाई हटाउन चाहनुहुन्छ भने सोही प्रक्रिया अपनाएर 'अनकिप' मा क्लिक गरेर मेसेज हटाउन सक्नुहुन्छ ।
तपाईँले यसो गर्नुभएको नोटिफिकेसन भने अर्को मेसेज पठाउने व्यक्तिलाई जानेछ । यदि मेसेज पठाउने व्यक्तिले नै उक्त मेसेज हटायो भने तपाईँले किप गर्नु भएको मेसेज पनि डिलिट हुनेछ ।