close

मंगल ग्रहको पहिलो मिसनमा यसकारण पठाउन खोजिदैछ महिला

टेकपाना टेकपाना

बैशाख २७, २०८० ९:४२

मंगल ग्रहको पहिलो मिसनमा यसकारण पठाउन खोजिदैछ महिला

काठमाडौं । मङ्गल ग्रहमा जाने पहिलो मानव सहितको मिसनमा जाने चालक दलका सबै सदस्य महिलालाई पठाउने तयारी भइरहेको छ । युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) का वैज्ञानिकहरुले गरेको एक अध्ययनले मङ्गल ग्रहमा पहिलो पटक महिलालाई नै पठाउनुपर्ने सुझाएको छ ।  

वैज्ञानिकहरूले लामो समयको अन्तरिक्ष यात्रामा पुरुष र महिलाहरूले अक्सिजन, ऊर्जा, कार्बनडाइअक्साइड, ताप र पानीको खपत गर्ने बारे अध्ययन गरेका थिए । 

महिलाले पुरुषको तुलनामा अक्सिजन कम प्रयोग गर्ने, कार्बनडाइअक्साइड कम उत्सर्जन गर्ने र कम खाना चाहिने भएकाले लामो समयको मिसनका लागि उनीहरूलाई पठाउँदा उपर्युक्त हुने अनुसन्धानकर्मीले सुझाव दिएका हुन् ।

सो अध्ययनका क्रममा पुरुषले अन्तरिक्षयात्रीले कुल ऊर्जा खपत ३० प्रतिशत, अक्सिजन खपत ६० प्रतिशत, कार्बनडाइअक्साइडको उत्पादन ६० प्रतिशत र पानीको खपत १७ प्रतिशतले गर्ने पाइएको हो ।   

महिलाको हकमा भने यी सबै कुराको खपत ३० प्रतिशत भन्दा कम रहेको छ । यही कुरालाई आधार मान्दै उक्त अध्ययनले मंगल ग्रहमा मानव सहितको पहिलो अन्तरिक्षयान पठाउँदा महिला अन्तरिक्षयात्रीहरू समावेश गरिनुपर्ने अध्ययनको निष्कर्ष छ ।   

त्यस्तै त्यसो गरिँदा स्पेस एजेन्सीले खाना, पानी र अन्य स्रोतहरूमा लाग्ने रकम बचत गर्न सक्ने अध्ययनमा उल्लेख छ । अध्ययनको रिपोर्ट अनुसार चार महिला अन्तरिक्षयात्रीलाई १,०८० दिनको मिसनमा पठाउँदा पुरुषको तुलनामा १,६९४ किलो कम खाना चाहिन्छ । यसले स्पेस एजेन्सीको १५ करोड ८० लाख डलर (२० अर्ब ६८ करोड रुपैयाँ भन्दा बढी) बचत हुने रिपोर्टमा उल्लेख छ ।

त्यस्तै अध्ययनले महिलाको सानो कदलाई पनि लामो समयको अन्तरिक्ष यात्राका लागि उपयुक्त हुने बताएको छ । यही कारण क्याप्सुलमा आठ क्यूबिक फिट ठाउँ खाली हुने रिपोर्टमा उल्लेख छ । जुन नासाको प्रस्तावित लुनार अर्बिट स्पेस स्टेसन 'गेटवे' हलो (HALO) मोड्युलको करिब चार प्रतिशत हुने बताइएको छ ।

 

हुन त नासाका वैज्ञानिक ज्योफ्री ल्यान्डिसले पहिले नै अन्तरिक्षका लागि महिला उपयुक्त हुने बताएका थिए । उनले सन् २००० मा नै महिलाहरू पुरुष भन्दा कदमा सानो हुने, अक्सिजन कम प्रयोग गर्ने लगायतका कुरालाई जोड दिएका थिए । 

यद्यपि मङ्गल ग्रहमा मानव वस्ती बसाउन पुरुष र महिला दुवै अन्तरिक्ष यात्राका लागि आवश्यक भए पनि लामो समयको मिसनका लागि भने महिला अन्तरिक्षयात्री पठाउँदा उपयुक्त हुने अध्ययनले पत्ता लगाएको हो । 

अहिलेसम्म करिब ६२२ व्यक्ति अन्तरिक्षमा पुगिसकेका छन् । ती मध्ये ७२ मात्र महिला छन् । त्यस्तै नासाले हालसम्म २४ जनालाई चन्द्रमाको परिक्रमा गर्न र १२ जनालाई चन्द्रमाको सतहमा हिँड्ने अनुमति सहित पठाइसकेको छ । तर ती सबै पुरुष थिए ।

पृथ्वीको वायुमण्डल छेड्ने पहिलो महिला रुसी नागरिक भ्यालेन्टिना तेरेस्कोभा हुन् । उनले सन् १९३७ मा अन्तरिक्षको यात्रा गरेकी थिइन् । त्यस्तै ग्रान्ड र्यापिड्सले अन्तरिक्षमा सबैभन्दा लामो समय बिताउने रेकर्ड राखेकी छिन् । उनले ३२८ दिन अन्तरिक्षमा बिताएकी थिइन् भने सन् २०१९ मा स्पेसवाक गरेकी थिइन् ।





 

पछिल्लो अध्यावधिक: बैशाख २७, २०८० ९:४२