close

फेसबुकको कमजोरीले शुक्रबार क-कसलाई गयो फ्रेन्ड रिक्वेस्ट ? यसरी हेर्नुहोस्

टेकपाना टेकपाना

बैशाख ३०, २०८० ७:५१

फेसबुकको कमजोरीले शुक्रबार क-कसलाई गयो फ्रेन्ड रिक्वेस्ट ? यसरी हेर्नुहोस्

काठमाडौं । शुक्रबार फेसबुकमा अचम्मको बग (सुरक्षा कमजोरी) देखियाे । फेसबुकका अधिकांश प्रयोगकर्ताले सामना गरेको 'अटो फ्रेन्ड रिक्वेस्ट बग' केही घण्टामै समाधान भएको थियो ।

यदि तपाईंले पनि कसैको प्रोफाइल खोल्नुभएको थियो भने फ्रेन्ड रिक्वेस्ट गएको हुनसक्छ । आज हामी आफ्नो फेसबुक अकाउन्टबाट क-कसलाई फ्रेन्ड रिक्वेस्ट गएको छ भनेर कसरी थाहा पाउन सकिन्छ भन्ने विषयमा जानकारी दिँदै छौं:

-सबैभन्दा पहिले फेसबुक एप खोल्नुहोस् ।

- त्यसपछि माथि होम आइकनको छेउमा रहेको ‘फ्रेन्ड्स’ आइकनमा ट्याप गर्नुहोस् । (आईओएस प्रयोगकर्ताले तलपट्टि रहेको ‘फ्रेन्ड्स’ आइकनमा ट्याप गर्नुपर्ने हुन्छ । यदि ‘फ्रेन्ड्स’ अप्सन छैन भने दायाँपट्टि रहेको तीन ओटा लाइनमा ट्याप गरेर ‘फ्रेन्ड्स’ अप्सनमा जानुहोस् ।)

- अनि फ्रेन्ड रिक्वेस्ट लेखेको छेउमा भएको 'सी अल' (See all) अप्सनमा ट्याप गर्नुहोस् ।

- यति गरेपछि माथि दायाँपट्टि रहेको तीन ओटा थोप्लामा ट्याप गर्नुहोस् ।

- त्यसपछि अन्तिममा 'भ्यु फ्रेन्ड रिक्वेस्ट' अप्सनमा ट्याप गर्नुहोस् । यति गरेपछि तपाईंको अकाउन्टबाट कसलाई फ्रेन्ड रिक्वेस्ट गएको छ भन्ने देखिन्छ ।

के कारणले फेसबुकमा प्रोफाइल हेर्नासाथ फ्रेन्ड रिक्वेस्ट जाने समस्या आएको थियो भन्ने खुलेको छैन । यद्यपि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले फेसबुकको सुरक्षा कमजोरीले यस्तो समस्या निम्त्याएको उल्लेख गरेका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८० ७:५१